Image Not Found
Menu
LATEST NEWS

Image

अर्घाखाँचीमा ‘बाँदर हेरालु’ का लागि दरखास्त आह्वान

ndh

बाँदरको उपद्रोका कारण कृषि बाली जोगाउन हम्मे–हम्मे परिरहेका बेला डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापन गर्नका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो ।

तत्कालका लागि २० जनाको लागि दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्यामा थपघट हुन सक्ने कार्यालयले जनाएको छ ।
सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु वा नर्सरी हेरालुका रूपमा काम गरेका अनुभवी व्यक्तिलाई छनोटमा प्राथमिकता दिइनेछ । छनोट भएका हेरालुहरूले मासिक १२ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

नियुक्त भएका हेरालुहरूले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने र बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखी वडा तथा वन कार्यालयमा जानकारी गराउनुपर्नेछ । मुख्य कुरा, बाँदरलाई कुनै क्षति नपु¥याई वातावरणीय मैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउनु उनीहरूको मुख्य जिम्मेवारी हुनेछ ।

ndh

Related Posts

श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ

सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१…

ByByadmin Jul 28, 2026

लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु

लमजुङमा धन्सारमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । अरू दुई जना घाइते भएका छन् । मध्यनेपाल…

ByByadmin Jul 28, 2026

खानेपानी तथा ढल व्यवस्थापन विभागको ६३ प्रतिशत पूँजीगत खर्च

खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक वर्ष २०८२/८३ मा पूँजीगत बजेटको करिब ६३ प्रतिशत खर्च गरेको छ ।…

ByByadmin Jul 27, 2026

घरमाथिबाट पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराको बडिमालिका नगरपालिका –०९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन…

ByByadmin Jul 24, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *