Image Not Found
Menu
LATEST NEWS

  • Home
  • समाचार
  • बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Image

बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग

ndh

देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने कतिपयमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।

कोशी प्रदेशका भोजपुर, इलाम र खोटाङमा सडक अवरोध देखिएको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुरको बोखिममा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै, मेची राजमार्गको इलाम (राजदुवाली खण्ड) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ, जहाँ वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ। खोटाङको माम्खामा गएको पहिरोका कारण मध्य पहाडी लोकमार्गमा पनि सवारी साधन एकतर्फी मात्र चलिरहेका छन्।

बागमती प्रदेशका प्रमुख सडकहरूमा बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म मात्र परिस्थितिको विचार गरी सवारी चल्न दिइनेछ।

कान्ति लोकपथकाे हेटौँडा-ठिङ्गन-ललितपुर खण्डमा बाढी र पहिरोको जोखिमका कारण साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी चलाउन निषेध गरिएको छ।

अरनिको राजमार्ग  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी दुवै स्थानमा पहिरो गएका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

ndh

Related Posts

निर्वाचन प्रणालीलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत

निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले नेपालको निर्वाचन प्रणालीलाई थप स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने बताएका छन् । मंगलबार…

ByByadmin Jul 28, 2026

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२…

ByByadmin Jul 28, 2026

सरकार डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता असुलीमा मौन

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच लामो समयदेखि जारी विवादित डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् बक्यौता असुलीका विषयमा सरकार मौन…

ByByadmin Jul 28, 2026

बजार व्यवस्थापनलाई स्वचालित प्रणालीमा लैजानुपर्नेमा जोड

बिहान उठेर तरकारी किन्न जाँदा होस् वा लत्ताकपडा जोड्दा, आम उपभोक्ताको साझा भोगाइ एउटै छ- महँगीले ढाड सेकिन्छ,…

ByByadmin Jul 28, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *