Image Not Found
Menu
LATEST NEWS

  • Home
  • प्रदेश समाचार
  • घरमाथिबाट पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण
Image

घरमाथिबाट पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

ndh

बाजुराको बडिमालिका नगरपालिका –०९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् ।

शुक्रबार बिहान करिब ४ः३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगी प्रभावित १३ घरधुरीको घरपरिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सर–सामान सुरक्षित स्थानमा सारेर उद्धार गरिएको छ ।

प्रभावित १३ घरधुरीमा ८३ जना परिवारका सदस्य बसोबास गर्दै आएका छन् । जोखिममा रहेका बस्तीका स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती पार्वती थापा बेहोस भएकोमा उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आई डिस्चार्ज गरिएको छ ।

पहिरोका कारण बडिमालिका नगरपालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरमा समेत क्षति पुगेको छ । पहिरोले २०० एमएमको करिब २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर समेत बगाएको छ । प्रभावित क्षेत्रमा थप निगरानी तथा आवश्यक सतर्कता अपनाइएको छ ।

ndh

Related Posts

श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ

सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१…

ByByadmin Jul 28, 2026

लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु

लमजुङमा धन्सारमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । अरू दुई जना घाइते भएका छन् । मध्यनेपाल…

ByByadmin Jul 28, 2026

खानेपानी तथा ढल व्यवस्थापन विभागको ६३ प्रतिशत पूँजीगत खर्च

खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक वर्ष २०८२/८३ मा पूँजीगत बजेटको करिब ६३ प्रतिशत खर्च गरेको छ ।…

ByByadmin Jul 27, 2026

रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या

रौतहटको गुजरा नगरपालिका –५ हरिहरपुर टोलमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ । शुक्रबार बिहान करिब साँढे…

ByByadmin Jul 24, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *