Image Not Found
Menu
LATEST NEWS

Image

यस्तो बन्यो मर्स्याङदी गाउँपालिकाको स्वागत गेट

ndh

लमजुङको मर्स्याङदी गाउँपालिका वडा नम्बर ९ मा पालिकाको स्वागत गेट निर्माण गरिएको छ । वि.स. २०८२ फागुनबाट शुरु गरिएको निर्माण कार्य २०८३ साल असारमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

कूल १४ लाख ५ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त स्वागत गेटको निर्माण काम रियल टाइम कन्सट्रक्सन प्रा.लि. काठमाडौंले जिम्मा लिएको थियो । कलात्मक (आर्ट) डिजाइनको जिम्मा क्रस साइन भरतपुरले लिएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाका अनुसार स्वागत गेट निर्माणसँगै पालिकाको प्रवेशद्वार थप आकर्षक बनेको छ । यसले गाउँपालिकाको पहिचानलाई उजागर गर्नुका साथै गाउँपालिका आउने आन्तरिक तथा बाह्य पर्यटक र आगन्तुकलाई सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले स्वागत गेट निर्माण सम्पन्न भएसँगै पालिकाको सौन्दर्य अभिवृद्धि हुनुका साथै स्थानीय पहिचान प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले आउँदो दिनमा पनि गाउँपालिकाको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र स्थानीय पहिचान झल्किने संरचनाको निर्माणलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो ।

ndh

Related Posts

खानेपानी तथा ढल व्यवस्थापन विभागको ६३ प्रतिशत पूँजीगत खर्च

खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक वर्ष २०८२/८३ मा पूँजीगत बजेटको करिब ६३ प्रतिशत खर्च गरेको छ ।…

ByByadmin Jul 27, 2026

घरमाथिबाट पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराको बडिमालिका नगरपालिका –०९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन…

ByByadmin Jul 24, 2026

रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या

रौतहटको गुजरा नगरपालिका –५ हरिहरपुर टोलमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ । शुक्रबार बिहान करिब साँढे…

ByByadmin Jul 24, 2026

अर्घाखाँचीमा ‘बाँदर हेरालु’ का लागि दरखास्त आह्वान

बाँदरको उपद्रोका कारण कृषि बाली जोगाउन हम्मे–हम्मे परिरहेका बेला डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्त गर्ने प्रक्रिया…

ByByadmin Jul 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *