जिल्ला प्रशासन कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा १२ हजार २७२ जनालाई वंशजका आधारमा नागरिकता र ८ हजार ६०७ जनालाई राहदानी उपलब्ध गराएको जनाएको छ।
कार्यालयका अनुसार एक वर्षमा ११ हजार १०० जनाले नागरिकताको प्रतिलिपि, ६३८ जनाले वैवाहिक अंगीकृत नागरिकता तथा ३२ हजार ९९० जनाले राष्ट्रिय परिचयपत्रका लागि दर्ता गरेका छन्। यस अवधिमा २ हजार ६२५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।
राहदानी शुल्कबाट मात्रै ५ करोड ८१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ। शान्ति–सुरक्षातर्फ सीमा समन्वय बैठक, सुरक्षा समिति बैठक, कारागार निरीक्षण तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यालयले राहदानी र राष्ट्रिय परिचयपत्रका लागि निःशुल्क फाराम भर्ने व्यवस्था, टोकन प्रणाली, नागरिक सहायता कक्ष, गुनासो व्यवस्थापन, अभिलेख डिजिटाइजेसन, एकद्वार सेवा तथा ‘बिचौलिया प्रवेश निषेध’ अभियान सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

















































































































