Image Not Found
Menu
LATEST NEWS

  • Home
  • कृषि डबली
  • आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट  डेढ अर्बको अदुवा निर्यात
Image

आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट  डेढ अर्बको अदुवा निर्यात

ndh

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट हुने अदुवा निर्यातमा ऐतिहासिक वृद्धि रेकर्ड गरिएको छ ।

अघिल्लो आव २०८१/८२ को तुलनामा गत वर्ष अदुवा निर्यात परिमाण र आम्दानी दुवैमा उच्च वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

अघिल्लो आव कुल ५८ करोड ३६ लाख १० हजार रुपैयाँ बराबरको अदुवा निर्यात भएकोमा गत आव २०८२/८३ मा भने त्यो आँकडा ह्वात्तै बढेर १ अर्ब ५० करोड २० लाख ७३ हजार रुपैयाँ बराबर पुगेको छ ।

नेपालबाट मुख्यतया ताजा अदुवा, सुठो र धुलो (कुटिएको) गरी तीन प्रकारका निर्यात हुने गरेको छ । आव २०८२/८३ को तथ्यांक हेर्दा सबैभन्दा धेरै ताजा अदुवा निर्यात भएको छ ।

यस अवधिमा १ करोड ६० लाख १६ हजार ७ सय ४५ किलो ताजा अदुवा निर्यात भएको छ, यसबाट १ अर्ब २ करोड ६९ लाख २ हजार रुपैयाँ आम्दानी भएको छ ।

त्यसैगरी ७ लाख ३५ हजार ६ सय १३ किलो सुठो निर्यात हुँदा ३७ करोड ५१ लाख ८८ हजार भित्रिएको छ भने ५ लाख १ हजार ६ सय ४२ किलो कुटिएको वा धुलो अदुवा निर्यातबाट ९ करोड ९९ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको छ ।

गन्तव्य मुलुकको कुरा गर्दा नेपाली अदुवा ७ देश पुगेको छ । जसमा भारत, बंगलादेश, जापान, जर्मनी, नेदरल्यान्ड्स, संयुक्त अरब इमिरेट्स (यूएई) र अस्ट्रेलिया छन् ।

ताजा अदुवाको सबैभन्दा ठूलो बजार भारत हो, जहाँ १ अर्ब ७४ लाख रुपैयाँभन्दा बढीको ताजा अदुवा गएको छ भने बंगलादेश र जापानमा पनि यसको निर्यात भएको छ ।

सुठोको मुख्य बजार भने युरोपेली देश जर्मनी देखिएको छ, जहाँ ३० करोड ७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यस अतिरिक्त सुठो भारत, बंगलादेश, नेदरल्यान्ड्स र यूएईसम्म पुगेको छ । कुटिएको अदुवा भने भारत र अस्ट्रेलियामा निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आव २०८१/८२ मा नेपालको अदुवा भारत, जापान, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड र जर्मनी गरी ५ देशमा मात्र सीमित थियो ।

तर, एक वर्ष अन्तरालमै नेपाली अदुवाले बंगलादेश, अस्ट्रेलिया र यूएई जस्ता नयाँ र महत्त्वपूर्ण बजारमा आफ्नो बलियो उपस्थिति जनाउन सफल भएको छ ।

ndh

Related Posts

नेपालको दिगो कृषिका लागि जापानी अत्याधुनिक प्रविधि भित्रिने

दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहर व्यवस्थापनमा सहयोग पु¥याउने जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने…

ByByadmin Jul 27, 2026

सही प्रविधि अपनाए प्रतिरोपनी छ सय केजीसम्म हरियो धनिया उत्पादन

धनिया एक प्रकारको मसला बाली हो । धनिया खेती चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा गर्न सकिन्छ ।…

ByByadmin Jul 23, 2026

अन्नपूर्ण इन्डस्ट्रिज र संयुक्त डेरीको अनुगमन, खाद्य स्वच्छता मापदण्ड पालना गर्न निर्देशन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासो व्यवस्थापनका लागि र्‍यापिड रेस्पोन्स मोडालिटीअन्तर्गत २०८३ साउन ४ गते ललितपुरको…

ByByadmin Jul 23, 2026

मनसुनमा भिजेको ढुसी लागेको घाँस खुवाउँदा गाईवस्तु बिरामी हुन सक्छन्

वर्षायाममा गाईवस्तुलाई भिजेको, कुहिएको वा ढुसी लागेको घाँस खुवाउँदा पाचनसम्बन्धी समस्या, फंगल संक्रमण, दूध उत्पादनमा कमी तथा अन्य…

ByByadmin Jul 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *