Image Not Found
Menu
LATEST NEWS

Image

बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन

ndh

शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालित ‘चिल्ड्रेन असिस्टेन्ट प्रोग्राम’ अन्तर्गत प्रदान गरिँदै आएको आर्थिक सहायता रकम परिमार्जन गरेको छ। 

हाल केन्द्रमा लागु भइरहेको प्रति व्यक्ति दुई लाख ५० हजार  रुपैयाँ सहायता रकम हृदय शल्यक्रियाका लागि अत्यन्त अपुग भएकाले शल्यक्रियाको प्रकृति र जटिलताका आधारमा रकम सीमा पुनरावलोकन गरिएको केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रविन्द्र भक्त तिमलाद्वारा जारी सूचनामा जनाइएको छ।

​नयाँ परिमार्जित व्यवस्थाअनुसार अब मुटुको जटिलताका आधारमा तीन श्रेणीमा सहायता रकम उपलब्ध गराइनेछ। 

जसअनुसार एएसडी, भिएसडी, पिडिए  वा क्लोज्ड हर्ट सर्जरी  र सो सरहको शल्यक्रियाका लागि अधिकतम  दुई लाख ५० हजार रुपैयाँसम्म सहायता दिइनेछ। त्यस्तै,टिओएफ, एभिएसडी, बिडिसिपिएस,सिओए जस्ता शल्यक्रियाका लागि अधिकतम चार लाख ५० हजार सम्म  आर्थिक सहायता उपलब्ध गराइनेछ। 

यस्तै जटिल शल्यक्रियाका लागि अधिकतम ६ लाख ५० हजार रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइने केन्द्रले जनाएको छ।

ndh

Related Posts

भारतमा ‘ब्रेन–इटिङ अमिबा’को त्रास: घातक संक्रमणबाट १९ जनाको मृत्यु पुष्टि

न्युज सरोवर। भारतमा ‘ब्रेन–इटिङ अमिबा’ (Brain-eating Amoeba) भनेर चिनिने Naegleria fowleri संक्रमणका कारण १९ जनाको मृत्यु भएको पुष्टि…

ByByadmin Jul 28, 2026

स्वास्थ्य सेवा अवरुद्ध नगर्न अस्पतालहरूलाई मन्त्रालयको अपिल

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन…

ByByadmin Jul 28, 2026

कागती निचोरेर खाना खाँदा के हुन्छ ?

हामीले प्रायः सलाद, चटपटे, आलु चाट र सुपमा कागतीको रस मिसाएको देखेका छौं । तर केही मानिसहरू तरकारी…

ByByadmin Jul 27, 2026

खाना पकाएको दुई घण्टाभित्र फ्रिजमा राख्नुहोस्

मानिसहरूले खाना पकाएपछि घण्टौंसम्म बाहिर छोड्छन् र पछि फ्रिजमा राख्छन् । यो बानीले खानाको गुणस्तर त बिगार्छ नै…

ByByadmin Jul 25, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *