Image Not Found
Menu
LATEST NEWS

  • Home
  • मनोरञ्जन
  • साम्राज्ञीको शीर्ष भूमिकामा फिल्म ‘एक्का मिस्सी बादशाह’
Image

साम्राज्ञीको शीर्ष भूमिकामा फिल्म ‘एक्का मिस्सी बादशाह’

ndh

अभिनेत्री साम्राज्ञी शाह दुईवर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ । उनको शीर्ष भूमिका रहने फिल्म ‘एक्का मिस्सी बादशाह’ निर्माणको घोषणा भएको छ ।

यो कथानकलाई डेब्यू निर्देशक सञ्जय राईले निर्देशन गर्नेछन् । उनी फिल्म करिअरलाई अघि बढाउन बेलायतबाट नेपाल आइपुगेका हुन् । आयोजित पत्रकार सम्मेलनमा उनले यो फिल्म बनाउने रुचिबारे चर्चा गरे ।

अभिनेत्री साम्राज्ञी शाहको पछिल्लो फिल्म ‘लन्डन टु पेरिस’ हो जुन सन् २०२४ मा प्रदर्शनमा आएको थियो । भुटानी मूलका एक अमेरिकी युवासँग इन्गेजमेन्टपछि साम्राज्ञी केही समय मुलुकबाहिर रहिन् । उनी स्पेन लगायतका थलो घुमघाममा ब्यस्त थिइन् ।

अहिले भने स्वदेश फर्किएसँगै साम्राज्ञीलाई लिएर फिल्म बन्ने तयारी भएको हो । यस फिल्ममा उनलाई ‘आश’ नामक एक चरित्रमा देख्न पाइनेछ । आयोजित प्रेसमिटमा निर्माताले उनको बोल्ड लुक्ससहितको पोस्टर समेत सार्वजनिक गरे ।

आफूलाई मन पर्ने क्यारेक्टर नपाएकाले केही समय फिल्ममा नदेखिएको दाबी गर्दै साम्राज्ञीले यस फिल्ममा भूमिका मनपरेको बताइन् । आफूले निर्वाह गर्ने भूमिका साहसिक र भिन्न किसिमको रहेको उनको भनाइ छ ।

‘निर्देशकले मेरो सोचअनुसार मिल्ने गरि त्यो क्यारेक्टरमार्फत सिनेमा बनाउने सोच्नुभएको रहेछ । मैले स्क्रिप्ट पढेँ, म त छक्क परेँ । मेरो क्यारेक्टर धेरै साहसिक, बोल्ड, निडर र फरक किसिमको छ,’ आफ्नो पात्रबारे साम्राज्ञीले भनिन् ।

‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ भन्ने बटमलाइन फिल्मको छ । निर्देशक राईले युवापुस्ताको कथामा फिल्म बन्न लागेको बताए । उनका अनुसार सामाजिक सञ्जालको पुस्ता, प्रेम, सम्बन्ध र जीवनका उतारचढावमा फिल्म केन्द्रित हुनेछ ।

‘यो फिल्म हेरेपछि युवा रमाउँछन् भन्ने आशा छ । हामीले जसरी मायालाई एक्सप्लोर गर्छौँ, त्यही भाव सिनेमामा छ । यो दुई साथीको कथा हो’ उनले भने ।

कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ छन् । नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्ममा संगीत निर्माता निकेश कार्की र रोमन बज्राचार्य, स्टाइलिस्ट आशिम रानाभाट तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ । छायांकन आगामी फागुनबाट सुरु हुनेछ ।

फिल्मका अन्य कलाकार चाँडै अनुबन्धित गर्ने जनाइएको छ ।

ndh

Related Posts

‘बा : एक योद्धा’चलचित्रको टिजर सार्वजनिक

चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’…

ByByadmin Jul 25, 2026

‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा

यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हली’को ट्रेलर रिलिज गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज…

ByByadmin Jul 25, 2026

पश्चिम नेपालमा ‘गौंथली’ उत्साहजनक

फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा उत्साहजनक ब्यापार गरिरहेको देखिएको छ । बक्सअफिसको औपचारिक हिसाब आउन त बाँकी छ, यद्यपि…

ByByadmin Jul 24, 2026

सन् २०२६ भित्र ग्रोक इम्याजिन एआईले ‘द ओडिसी’ फिल्म बनाउँछ : एलन मस्क

प्रविधि व्यवसायी एलन मस्कले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स उपकरण ‘ग्रोक इम्याजिन’ ले होमरको प्राचीन ग्रिक महाकाव्य ‘द ओडिसी’मा आधारित…

ByByadmin Jul 23, 2026

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुल्यो

विवाहित नेपाली महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ का लागि आवेदन खुला गरिएको छ । रिवन इन्टरटेनमेन्ट…

ByByadmin Jul 23, 2026

लोकप्रिय गायक अरिजित सिंह प्लेब्याक गायनमा फर्किएको चर्चा सामाजिक सञ्जालमा

बलिउड अभिनेता इमरान हाश्मी अभिनीत चलचित्र ‘आवारापन २’ को शीर्षक गीत सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक…

ByByadmin Jul 22, 2026

चौतर्फी आलोचना र विरोधपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी

चौतर्फी आलोचना र विरोधपछि चलचित्र ‘मास्टर्नी’ को प्रचारप्रसारका लागि सार्वजनिक गरिएको गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको छ। …

ByByadmin Jul 22, 2026

 नेपाली फिल्म‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने

नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ । निर्भाना प्रोडक्सन र डीएडी प्रोडक्सनको सहकार्यमा बन्ने फिल्मलाई सुव्रत…

ByByadmin Jul 22, 2026

‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन

 ‘गडजिल्ला भर्सेस कङ’ चलचित्रकी अभिनेत्री केली हटलको १८ वर्षको उमेरमा मंगलबार कार दुर्घटनामा परेर निधन भएको छ । उनको…

ByByadmin Jul 22, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *