Image Not Found
Menu
LATEST NEWS

  • Home
  • कृषि डबली
  • सही प्रविधि अपनाए प्रतिरोपनी छ सय केजीसम्म हरियो धनिया उत्पादन
Image

सही प्रविधि अपनाए प्रतिरोपनी छ सय केजीसम्म हरियो धनिया उत्पादन

ndh

धनिया एक प्रकारको मसला बाली हो । धनिया खेती चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा गर्न सकिन्छ । यसको खेती हिउँद महिनामा तराईमा पनि हुन्छ तर हिउँद, वर्षा दुबैमा चिसो रहने तर बढी तुषारो हिउँ नपर्ने ठाउँहरुमा बाह्रै महिना खेती गर्न सकिन्छ । धनियाको लागि पानी नजम्ने प्रसस्त प्ङ्गारिक पदार्थ भएको जुनसुकै माटोमा पनि खेती गर्न सकिन्छ । यसको लागि माटो को पिएच ६ दखि ७ हुनु पर्दछ ।

१. धनिया खेती कस्तो किसिमको हावापानीमा गरिन्छ ?
-धनिया चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा खेती गर्न सकिन्छ। यसको खेती हिउँद महिनामा तराईमा पनि हुन्छ तर हिउँद, वर्षा दुबैमा चिसो रहनेतर बढी तुषारो हिउँ नपर्ने ठाउँहरुमा बाह्रै महिना खेती गर्न सकिन्छ ।

२. धनिया लगाउने जमीनको तयारी कस्तो हुनु पर्दछ ?
राम्रो बाली उत्पादनका लागि २-३ पटक खनजोत गरी डल्ला फोरी जग्गा सम्याउनु पर्दछ ।

३. धनियाको लागि कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?
धनियाको लागि पानी नजम्ने प्रसस्त प्ङ्गारिक पदार्थ भएको जुनसुकै माटोमा पनि खेती गर्न सकिन्छ । यसको लागि माटो को पिएच ६ दखि ७ हुनु पर्दछ ।

४. प्रति रोपनी जमिनमा कति बीउ लाग्दछ ?
बीउको गुणस्तर राम्रो भए ५०० देखि ८०० ग्राम बीउ प्रति रोपनी लाग्दछ ।

५. धनिया खेती कतिसम्मको तापक्रममा गर्न सकिन्छ ?
यसको खेती प्रायः ५ डिग्री सेल्सियस देखि ३० डिग्री सेल्सियस सम्मै गर्न सकिन्छ तर १० देखि २० डिग्री सेल्सियसको तापक्रम यसको लागि सबैभन्दा उपयुक्त मानिन्छ ।

६. धनियाको खेती समुद्र सतहबाट कति उचाईसम्म गर्न सकिन्छ ?
 धनियाको खेती १००० मिटर देखि ३००० मिटरको उचाईसम्ममा गर्न सकिन्छ ।

७. धनिया प्रति रोपनी कति सम्म उत्पादन गर्न सकिन्छ ?
 उत्पादन यसको जात र माटोको मलिलोपन तथा सिंचाई आदिमा निर्भर रहन्छ तर औसतमा ५०० देखि ६०० के.जी. हरियो धनियाप्रति रोपनी उत्पादन गर्न सकिन्छ ।

८. कति अवधिमा उत्पादन लिन सकिन्छ ?
बीउ उम्रन करिब एक साता लाग्दछ र बीउ उम्रेको महिना दिनमा धनियाको पात खानयोग्य हुन्छ ।

९. यस बालीलाई गोडमेल र सिंचाईको कतिको जरुरी पर्दछ ?
बीउ रोपी उम्रेपछि हल्का गोडमेल गर्नु पर्दछ । सिंचाईको हकमा गर्मी याममा ५र५ दिनको फरकमा र जाडो याममा १०र१० दिनको फरकमा सिंचाई गर्नु पर्दछ ।

१०. कुन समयमा लगायो भने धनियाको राम्रो उत्पादन लिन सकिन्छ ?
तराई क्षेत्रमा आश्विन देखि मंसिरसम्म, मध्य पहाडमा भाद्र देखि माघसम्म र उच्च पहाडमा बाह्रै महिना लगाउन सकिन्छ ।

११. कति दूरीमा बीउ रोप्दा बढी उत्पादन लिन सकिन्छ ?
तयारी गरिएको जमिनमा २०/२० से.मि. को दूरीमा ३ से.मि. गहिरोमा बीउ रोप्दा उत्पादन राम्रो हुन्छ ।

१२. टपड्रेसको रुपमा पनि खाद्य तत्व दिनु जरुरी छ ?
बीउ उम्रेको २० देखि २५ दिनपछि १ के.जी. यूरिया मलले टपड्रेस गरेमा राम्रो उत्पादन लिन सकिन्छ ।

१३. प्रति रोपनी जमीनमा मलखादको मात्रा कति चाहिन्छ ?
एक रोपनी जमीनको लागि १५०० के.जी. गोवरमल, १ के.जी. नाईट्रोजन, १ के.जी. फोस्फोरस तथा १ के.जी. पोटास जग्गा तयार गर्दा माटोमा हाल्नु पर्दछ ।

ndh

Related Posts

नेपालको दिगो कृषिका लागि जापानी अत्याधुनिक प्रविधि भित्रिने

दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहर व्यवस्थापनमा सहयोग पु¥याउने जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने…

ByByadmin Jul 27, 2026

आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट  डेढ अर्बको अदुवा निर्यात

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट हुने अदुवा निर्यातमा ऐतिहासिक वृद्धि रेकर्ड गरिएको छ । अघिल्लो आव २०८१/८२…

ByByadmin Jul 23, 2026

अन्नपूर्ण इन्डस्ट्रिज र संयुक्त डेरीको अनुगमन, खाद्य स्वच्छता मापदण्ड पालना गर्न निर्देशन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासो व्यवस्थापनका लागि र्‍यापिड रेस्पोन्स मोडालिटीअन्तर्गत २०८३ साउन ४ गते ललितपुरको…

ByByadmin Jul 23, 2026

मनसुनमा भिजेको ढुसी लागेको घाँस खुवाउँदा गाईवस्तु बिरामी हुन सक्छन्

वर्षायाममा गाईवस्तुलाई भिजेको, कुहिएको वा ढुसी लागेको घाँस खुवाउँदा पाचनसम्बन्धी समस्या, फंगल संक्रमण, दूध उत्पादनमा कमी तथा अन्य…

ByByadmin Jul 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *