Image Not Found
Menu
LATEST NEWS

  • Home
  • मनोरञ्जन
  • प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर 
Image

प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर 

ndh

छायांकनको गोप्य भिडियो मोबाइलमा तानेर टिकटकमा हालेपछि कथावस्तु र गोपनियता भङ्ग भएको दाबी गर्दै फिल्म ‘महाराजधिराज’का निर्माताले प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर गरेका छन् ।

उक्त कार्यबाट ६ दिनको छायांकन खेर गएको दाबी गर्दै ती निर्माताले प्रतिवादीबाट ५१ लाख रुपैयाँ क्षतिपूर्ति पनि मागेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नुवाकोट घर भएका सुदीप भनेर चिनिने २७ वर्षिय प्राविधिक मनोज अधिकारीविरुद्ध अभियोग पत्र दायर गरेको छ ।

फिल्मका तर्फबाट नेत्रबहादुर विष्टले अधिकारीविरुद्ध किटानी जाहेरी दिएका हुन् । नेपाल प्रहरीको साइबर ब्यूरोले यो घटनामा अनुसन्धान गरिरहेको छ ।

जेठ ३ र ४ गते अधिकारीले स्पटब्यायको रुपमा उक्त फिल्मको छायांकनमा काम गरेको जनाइएको छ । चेतावनी पाएको १० मिनेटभित्रै अधिकारीले टिकटकबाट ती भिडियो भने हटाइसकेका छन् ।

प्रतिवादीलाई विद्युतीय कारोबार ऐन, २०८३ को दफा ४८ को उपदफा (१) बमोजिम गोपनीयता भङ्गको कसुरमा सजाय माग गरिएको छ । यो दफा अनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

ndh

Related Posts

‘गौंथली’ को आक्रामक व्यापार, चम्कियो अभिनेताको स्टारडम

अघिल्लो फिल्म ‘महापुरुष’बाट नै लुक्स र अभिनयका कारण चर्चामा आएका अभिनेता हुन् अरुण क्षेत्री । काम हेरेपछि धेरैले…

ByByadmin Jul 28, 2026

साम्राज्ञीको शीर्ष भूमिकामा फिल्म ‘एक्का मिस्सी बादशाह’

अभिनेत्री साम्राज्ञी शाह दुईवर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ । उनको शीर्ष भूमिका रहने फिल्म ‘एक्का मिस्सी…

ByByadmin Jul 26, 2026

‘बा : एक योद्धा’चलचित्रको टिजर सार्वजनिक

चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’…

ByByadmin Jul 25, 2026

‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा

यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हली’को ट्रेलर रिलिज गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज…

ByByadmin Jul 25, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *