Image Not Found
Menu
LATEST NEWS

  • Home
  • समाचार
  • रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु
Image

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

ndh

सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरु सिंहदरबार पुगेका छन् ।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन् ।

‘अत्यन्तै संवेदनशील र दुस्खद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेका हौं’, आचार्यले भने ।

ndh

Related Posts

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीको विशेष पहल जारी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन्। केही दिनदेखि अशान्त…

ByByadmin Jul 29, 2026

सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ गएनन्

सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह -बालेन_ र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका…

ByByadmin Jul 29, 2026

आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने…

ByByadmin Jul 29, 2026

निर्वाचन प्रणालीलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत

निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले नेपालको निर्वाचन प्रणालीलाई थप स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने बताएका छन् । मंगलबार…

ByByadmin Jul 28, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *