Image Not Found
Menu
LATEST NEWS

Image

कपिलवस्तुमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

ndh

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–२ गैडहवा बस्ने पैदलयात्री १२ वर्षीय आनन्द कश्यप तथा साइकलयात्रीहरू महाराजगञ्ज नगरपालिका–३ गनौरिया निवासी करिब ४५÷४६ वर्षीय विजयकुमार गुप्ता र महाराजगञ्ज नगरपालिका–३ निवासी करिब ७५ वर्षीय भोल्लर कुर्मी रहेका छन् ।

दुर्घटनाका क्रममा ट्रकले सडक छेउमा पार्किङ गरी राखिएको लु १४ प ५५०५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।
दुर्घटनापछि ट्रक र चालक जिल्ला मोरङ, विराटनगर महानगरपालिका–४ बस्ने ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिइएको छ । घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ndh

Related Posts

श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ

सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१…

ByByadmin Jul 28, 2026

लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु

लमजुङमा धन्सारमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । अरू दुई जना घाइते भएका छन् । मध्यनेपाल…

ByByadmin Jul 28, 2026

खानेपानी तथा ढल व्यवस्थापन विभागको ६३ प्रतिशत पूँजीगत खर्च

खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक वर्ष २०८२/८३ मा पूँजीगत बजेटको करिब ६३ प्रतिशत खर्च गरेको छ ।…

ByByadmin Jul 27, 2026

घरमाथिबाट पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराको बडिमालिका नगरपालिका –०९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन…

ByByadmin Jul 24, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *