Image Not Found
Menu
LATEST NEWS

  • Home
  • कृषि डबली
  • अन्नपूर्ण इन्डस्ट्रिज र संयुक्त डेरीको अनुगमन, खाद्य स्वच्छता मापदण्ड पालना गर्न निर्देशन
Image

अन्नपूर्ण इन्डस्ट्रिज र संयुक्त डेरीको अनुगमन, खाद्य स्वच्छता मापदण्ड पालना गर्न निर्देशन

ndh

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासो व्यवस्थापनका लागि र्‍यापिड रेस्पोन्स मोडालिटीअन्तर्गत २०८३ साउन ४ गते ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेका दुई खाद्य उद्योगमा आकस्मिक बजार अनुगमन गरेको छ ।

विभागका अनुसार अन्नपूर्ण इन्डस्ट्रिज (Aqua Anna प्रशोधित पिउनेपानी) र संयुक्त डेरी एण्ड फुड प्रालि (दही उत्पादन) मा गरिएको अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निरीक्षण गरिएको हो ।

अन्नपूर्ण इन्डस्ट्रिजमा उद्योगको सरसफाइ तथा कीट नियन्त्रणको अवस्था सामान्य रहेको, प्रशोधित पानी भर्ने, बोतल सफा गर्ने र बिर्को लगाउने कार्य स्वचालित मेसिनबाट भइरहेको तथा पानीको नियमित गुणस्तर परीक्षण प्रतिवेदन सन्तोषजनक रहेको पाइएको विभागले जनाएको छ । साथै, विभागको २०८२ चैत ३० गतेको निर्णयअनुसार प्रयोग नगर्न भनिएको ‘नेक सिल’ प्रयोग बन्द गरिएको पनि अनुगमनमा देखिएको छ ।

विभागले थप अनुसन्धानका लागि उद्योगबाट उत्पादित प्रशोधित पिउनेपानीको नमुना संकलन गरेको छ । साथै खाद्य स्वच्छता कायम राख्न र प्रशोधित पिउनेपानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ बमोजिम कार्य गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, संयुक्त डेरी एण्ड फुड प्रालि मा सरसफाइ तथा कीट नियन्त्रणको अवस्था सामान्य रहेको, उत्पादित दहीमा आवश्यक लेबल विवरण उल्लेख गरिएको तथा उद्योगकै प्रयोगशालाबाट गुणस्तर परीक्षण भइरहेको पाइएको छ ।

विभागले थप अनुसन्धानका लागि उद्योगबाट उत्पादित दहीको नमुना संकलन गर्नुका साथै दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धी मापदण्ड, २०७५ बमोजिम उत्पादन प्रक्रिया सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ ।

विभागका अनुसार उक्त अनुगमन अभियानमा कुल दुई खाद्य व्यवसायको निरीक्षण गरिएको हो ।

ndh

Related Posts

नेपालको दिगो कृषिका लागि जापानी अत्याधुनिक प्रविधि भित्रिने

दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहर व्यवस्थापनमा सहयोग पु¥याउने जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने…

ByByadmin Jul 27, 2026

आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट  डेढ अर्बको अदुवा निर्यात

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट हुने अदुवा निर्यातमा ऐतिहासिक वृद्धि रेकर्ड गरिएको छ । अघिल्लो आव २०८१/८२…

ByByadmin Jul 23, 2026

सही प्रविधि अपनाए प्रतिरोपनी छ सय केजीसम्म हरियो धनिया उत्पादन

धनिया एक प्रकारको मसला बाली हो । धनिया खेती चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा गर्न सकिन्छ ।…

ByByadmin Jul 23, 2026

मनसुनमा भिजेको ढुसी लागेको घाँस खुवाउँदा गाईवस्तु बिरामी हुन सक्छन्

वर्षायाममा गाईवस्तुलाई भिजेको, कुहिएको वा ढुसी लागेको घाँस खुवाउँदा पाचनसम्बन्धी समस्या, फंगल संक्रमण, दूध उत्पादनमा कमी तथा अन्य…

ByByadmin Jul 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *