Image Not Found
Menu
LATEST NEWS

  • Home
  • समाचार
  • वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्लामै दर्ता गर्न सकिने
Image

वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्लामै दर्ता गर्न सकिने

ndh

काठमाडौं । साधारण प्रकृतिका वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने भएको छ । यस्ता उजुरीमा जिल्ला प्रशासन कार्यालयबाटै मिलापत्र गराउन सकिने भएको हो भने गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान वैदेशिक रोजगार विभागले नै गर्नेछ ।

यसका लागि वैदेशिक रोजगार विभागले उजुरी तथा मुद्दा व्यवस्थापनका लागि अनलाइन प्रणाली विकास गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणालीमार्फत वैदेशिक रोजगार ठगीका घटनासम्बन्धी उजुरी अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था गरिएको हो ।

प्रणालीमार्फत वैदेशिक रोजगार ठगीमा परेका व्यक्तिले आवश्यक प्रमाणसहित उजुरी दर्ता गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम लिएर नपठाएको, तोकिएभन्दा बढी शुल्क असुलेको, राहदानी कब्जामा राखेको, विदेशमा करार सम्झौताअनुसारको काम, तलब वा सेवा–सुविधा नपाएको लगायतका विषयमा स्वदेश वा विदेशबाटै पीडित वा उनका परिवारका सदस्यले उजुरी दिन सक्नेछन् ।

दर्ता भएको उजुरीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई इमेल र एसएमएसमार्फत नियमित जानकारी दिइने विभागले जनाएको छ ।

विभागका अनुसार प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारसम्बन्धी उजुरी ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न सकिनेछ। साथै, उजुरीमाथिको प्रारम्भिक कारबाहीसमेत सम्बन्धित जिल्लाबाटै हुने व्यवस्था मिलाइनेछ। यसबाट उजुरीकर्ताले सामान्य प्रक्रियाका लागि काठमाडौं धाइरहनुपर्ने बाध्यताको अन्त्य हुने विभागको विश्वास छ ।

जिल्लाभित्र भएका साधारण प्रकृतिका ठगीका घटना सम्बन्धित जिल्लामै मिलापत्र गराइनेछ । मिलापत्र हुन नसकेका वा गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान भने वैदेशिक रोजगार विभागले गर्नेछ । यसबाट पीडितलाई न्याय दिलाउन, वैदेशिक रोजगारीमा जाने वा गएका श्रमिकलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन तथा अलपत्र परेका श्रमिकको उद्धारमा समेत सहज हुने विभागले जनाएको छ ।

ndh

Related Posts

निर्वाचन प्रणालीलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत

निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले नेपालको निर्वाचन प्रणालीलाई थप स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने बताएका छन् । मंगलबार…

ByByadmin Jul 28, 2026

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२…

ByByadmin Jul 28, 2026

सरकार डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता असुलीमा मौन

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच लामो समयदेखि जारी विवादित डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् बक्यौता असुलीका विषयमा सरकार मौन…

ByByadmin Jul 28, 2026

बजार व्यवस्थापनलाई स्वचालित प्रणालीमा लैजानुपर्नेमा जोड

बिहान उठेर तरकारी किन्न जाँदा होस् वा लत्ताकपडा जोड्दा, आम उपभोक्ताको साझा भोगाइ एउटै छ- महँगीले ढाड सेकिन्छ,…

ByByadmin Jul 28, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *