Image Not Found
Menu
LATEST NEWS

Image

एक वर्षमा भित्रिए ८६ देशका ९ हजार पर्यटक

ndh

नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार ४४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन ।

नाकाबाट कुल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन् । कुल आगमनको ५३ प्रतिशतअर्थात् ४९९४ जना भुटानी नागरिक रहेका छन् । यस्तै, दोस्रो स्थानमा अमेरिकाका नागरिक रहेका छन्, जहाँबाट २३ प्रतिशत अर्थात् २१५२ जना अमेरिकी पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्य पर्यटकीय यामको रूपमा लिइएको छ । सबैभन्दा बढी पुस महिनामा १८५० जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा कम भदौ महिनामा २१६ जना मात्र आएका थिए ।

पुस र माघ महिनामा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा वरपर रहेका आफन्त भेटघाट गर्न र पूर्वको पशुपतिनाथका रूपमा परिचित खोटाङको हलेसी महादेवको दर्शन एवं तीर्थयात्राका लागि आउने गरेकाले सो समयमा चाप बढेको निमित्त प्रमुख राजवंशीको भनाइ छ ।

अध्यागमन कार्यालयले सन् २०२४ अगस्टदेखि मात्र यस नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा सुरु गरेकाले धेरै विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्नेबारे अझै पर्याप्त जानकारी भइनसकेको कार्यालयले जनाएको छ ।

ndh

Related Posts

अर्थमन्त्री डा.वाग्ले उद्योगपतिहरुसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अभिएका छन् । प्रधानमन्त्री शाहले उद्याेग व्यवसायीलाई भेटेपछि अर्थमन्त्री…

ByByadmin Jul 28, 2026

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान गरेको छ ।  मन्त्रालयले गठन गरेको…

ByByadmin Jul 28, 2026

साउन १५ गतेभित्र डिम्याट खाताको वार्षिक शुल्क नबुझाउने प्रयोगकर्ताको खाता रोक्का हुने

साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सीडीएस एन्ड…

ByByadmin Jul 27, 2026

नेप्से ३३.२८ अंकले घट्यो, ६ अर्ब ८ करोडको कारोबार

साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको…

ByByadmin Jul 27, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *