अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र लेक लागेर एकैवर्षमा २५ जनाको मृत्यु भएको छ । एक्याप कार्यालय पोखराका अनुसार धेरैजसो मुस्ताङमा लेक लागेको छ । आर्थिक वर्ष २०८२÷०८३ मा थप ५ जनाको विभिन्न ठाउँमा दुर्घटना भएर मृत्यु भएको छ ।
मुस्ताङमा मात्रै १५ जनाको लेक लागेर मृत्यु भएको छ । जसमा मुक्तिनाथमा ८ भारतीय र ४ नेपाली नागरिक, दामोदर कुण्डमा १ नेपाली, लोमन्थाङमा १ नेपाली तथा टुकुचेमा १ मेक्सिकन नागरिकको मृत्यु भएको एक्याप कार्यालय पोखराले जनाएको छ ।

















































































































