Image Not Found
Menu
LATEST NEWS

  • Home
  • मनोरञ्जन
  •  नेपाली फिल्म‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Image

 नेपाली फिल्म‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने

ndh

नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ । निर्भाना प्रोडक्सन र डीएडी प्रोडक्सनको सहकार्यमा बन्ने फिल्मलाई सुव्रत आचार्यले निर्देशन गर्नेछन् । 

एक्सन–एड्भेन्चर विधामा निर्माण हुन लागेको ‘हजारौँमा एक’ रहस्य र अलौकिक कल्पनामा आधारति रहेको निर्माण पक्षले जनाएको छ । उच्चस्तरीय निर्माण शैली अपनाइने फिल्मले नयाँ मानक स्थापित गर्न सक्ने लक्ष्य राखिएको छ । 

फिल्मको कथा सीता मायाले परिकल्पना गरेकी हुन् । उनी यो फिल्मकी प्रस्तुतकर्ता समेत हुन् । दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा रहनेछन् भने छायांकन हरि हुमागाईंले गर्ने तय भएको छ । 

फिल्मको मूल भाषा नेपाली रहने भएपनि यसलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यले हिन्दी र मलयालममा समेत डबिङ गरिने जनाइएको छ । फिल्मका परिकल्पनाकार तथा मुख्य अभिनेता भारत केरलाको मलयालम फिल्म उद्योगसँग आबद्ध छन् । मुख्य अभिनेतासम्बन्धी विस्तृत जानकारी फिल्मको फर्स्ट लुक सार्वजनिक गर्ने क्रममा दिइने भएको छ ।  मलयालम फिल्म उद्योगका केही कलाकार र प्राविधिकहरूको समेत ‘हजारौँमा एक’ मा सहभागिता रहने निर्देशक आचार्यले जानकारी दिए ।  

फिल्मको पटकथालाई नेपाली परिवेश अनुकूल संवाद रूपान्तरण तथा परिमार्जन गर्ने कार्य लेखक शान बस्नेतले गरिरहेका छन् । छायाङ्कन आगामी फागुनदेखि सुरू गर्ने तयारी भइरहेको छ ।

निर्माण पक्षका अनुसार फिल्मको प्रमुख भूमिकामा नेपाली कलाकारहरू रहनेछन् भने  छायांकन, संगीत र अधिकांश प्राविधिक टोली पनि नेपाली नै रहनेछन् । फिल्मको अनुमानित लागत चार करोड रुपैयाँ छ । 

ndh

Related Posts

प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर 

छायांकनको गोप्य भिडियो मोबाइलमा तानेर टिकटकमा हालेपछि कथावस्तु र गोपनियता भङ्ग भएको दाबी गर्दै फिल्म ‘महाराजधिराज’का निर्माताले प्राविधिक…

ByByadmin Jul 28, 2026

‘गौंथली’ को आक्रामक व्यापार, चम्कियो अभिनेताको स्टारडम

अघिल्लो फिल्म ‘महापुरुष’बाट नै लुक्स र अभिनयका कारण चर्चामा आएका अभिनेता हुन् अरुण क्षेत्री । काम हेरेपछि धेरैले…

ByByadmin Jul 28, 2026

साम्राज्ञीको शीर्ष भूमिकामा फिल्म ‘एक्का मिस्सी बादशाह’

अभिनेत्री साम्राज्ञी शाह दुईवर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ । उनको शीर्ष भूमिका रहने फिल्म ‘एक्का मिस्सी…

ByByadmin Jul 26, 2026

‘बा : एक योद्धा’चलचित्रको टिजर सार्वजनिक

चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’…

ByByadmin Jul 25, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *