Image Not Found
Menu
LATEST NEWS

  • Home
  • मनोरञ्जन
  • लोकप्रिय गायक अरिजित सिंह प्लेब्याक गायनमा फर्किएको चर्चा सामाजिक सञ्जालमा
Image

लोकप्रिय गायक अरिजित सिंह प्लेब्याक गायनमा फर्किएको चर्चा सामाजिक सञ्जालमा

ndh

बलिउड अभिनेता इमरान हाश्मी अभिनीत चलचित्र ‘आवारापन २’ को शीर्षक गीत सार्वजनिक भएको छ ।

गीतमा लोकप्रिय गायक अरिजित सिंहको आवाज सुनेपछि उनी प्लेब्याक गायनमा फर्किएको चर्चा सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो । तर अरिजित सिंहको व्यवस्थापन टोलीले यी दाबीलाई असत्य बताएका छन् । 

अरिजित सिंहका प्रबन्धकका अनुसार यो गीत गायकले प्लेब्याक गायनबाट अवकाश घोषणा गर्नुअघि नै स्वीकृत गरेको परियोजना हो । उनले अरिजित अहिले पुराना सम्झौता तथा प्रतिबद्धता पूरा गरिरहेको र प्लेब्याक गायनमा पुनरागमन गर्ने कुनै योजना नरहेको बताएका छन् ।

उनका अनुसार सार्वजनिक भएको गीत कुनै नयाँ पुनरागमन होइन, बरु पहिले नै तय गरिएको कामको हिस्सा हो । अरिजित सिंहले यसै वर्ष जनवरीमा प्लेब्याक गायनबाट अवकाश लिने घोषणा गरेका थिए । त्यतिबेला उनले अबदेखि स्वतन्त्र (इन्डिपेन्डेन्ट) संगीतमा केन्द्रित हुने र संगीतसँग जोडिइरहने, तर चलचित्रका लागि प्लेब्याक गायकका रूपमा काम नगर्ने बताएका थिए ।

‘आवारापन २’ को शीर्षक गीतमा संगीत अमाल मलिकले दिएका छन् भने शब्द रश्मि विरागले लेखेका हुन् । नितिन कक्कर निर्देशित यो चलचित्र आगामी अगस्ट १४ मा प्रदर्शन हुने तय भएको छ । चलचित्रमा इमरान हाश्मीसँगै दिशा पाटनी, शबाना आजमी र अतुल कुमारको पनि अभिनय रहेको छ ।

सन् २००७ मा प्रदर्शन भएको ‘आवारापन’का गीतहरू अत्यन्त लोकप्रिय भएका थिए र उक्त चलचित्रलाई आज पनि बलिउडका चर्चित कल्ट चलचित्रमध्ये एक मानिन्छ । 

ndh

Related Posts

प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर 

छायांकनको गोप्य भिडियो मोबाइलमा तानेर टिकटकमा हालेपछि कथावस्तु र गोपनियता भङ्ग भएको दाबी गर्दै फिल्म ‘महाराजधिराज’का निर्माताले प्राविधिक…

ByByadmin Jul 28, 2026

‘गौंथली’ को आक्रामक व्यापार, चम्कियो अभिनेताको स्टारडम

अघिल्लो फिल्म ‘महापुरुष’बाट नै लुक्स र अभिनयका कारण चर्चामा आएका अभिनेता हुन् अरुण क्षेत्री । काम हेरेपछि धेरैले…

ByByadmin Jul 28, 2026

साम्राज्ञीको शीर्ष भूमिकामा फिल्म ‘एक्का मिस्सी बादशाह’

अभिनेत्री साम्राज्ञी शाह दुईवर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ । उनको शीर्ष भूमिका रहने फिल्म ‘एक्का मिस्सी…

ByByadmin Jul 26, 2026

‘बा : एक योद्धा’चलचित्रको टिजर सार्वजनिक

चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’…

ByByadmin Jul 25, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *