काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ ।
महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण सुरु भएको छोटो अवधिमा नै उलेख्य प्रगति भएको हो ।
भवन निर्माण सुरु भएको ९४ दिनमा नै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिए ।
उनकाअनुसार गत चैत २२ गतेदेखि भवन निर्माणको कार्य सुरु भएको हो ।

















































































































