Image Not Found
Menu
LATEST NEWS

  • Home
  • खेलकुद
  • काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्दै
Image

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्दै

ndh

काठमाडौं । पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेलमा इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समय अनुसार ११:१५ बजे सुरु हुनेछ ।

बुधबार नेपालले कजाखस्तानविरुद्ध पहिलो खेलमा पाँच सेटमा गुमाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले दुई सेट गुमाएर पुनरागमन गरेपनि पाँचौ सेटमा पराजित चएको थियो ।

यस्तै श्रीलंका भने पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । त्यसैले नेपाल र श्रीलंका दुवै पहिलो जितको खोजीमा छन् ।

एफआईभिबी विश्व वरियता मान्यता प्राप्त यस प्रतियोगिताको पहिलो खेलपछि नेपाल विश्व वरियतामा ८४औं स्थानमा समावेश भएको छ । यस्तै श्रीलंका वरियतामा ८८औं स्थानमा छ ।

आजै कजाखस्तान र उज्वेकिस्तान तथा पाकिस्तान र बंगलादेशबीचको खेल पनि हुनेछ ।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि च्याम्पियनसिपमा हरेकले एकआपसमा खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेटर हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक ६ नयाँ खेलाडी समावेश थिए । ६ खेलाडीले नै कजाखस्थान विरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन् ।

ndh

Related Posts

नेपाल लिग चरणका सबै पाँच खेलमा पराजित हुँदै सेमिफाइनल पुग्न असफल

काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न पाकिस्तानको इस्लामावाद प्रस्थान गर्दा नेपालको लक्ष्य स्पष्ट थियो- एफआईभीबीको विश्व वरियतामा समावेश हुने…

ByByadmin Jul 27, 2026

कासेमिरोको सम्झौता शंकास्पद भएपछि इन्टर मियामीमाथि छानबिन सुरू

ब्राजिलियन मिडफिल्डर कासेमिरोलाई अनुबन्ध गरेपछि अमेरिकी ‘मेजर लिग सकर’ (एमएलएस) ले इन्टर मियामीमाथि ‘टेम्परिंग’ (नियमविपरीत खेलाडी फकाएको) आरोपमा…

ByByadmin Jul 23, 2026

काभा भलिबलमा नेपाल फेरि पाँचौ सेटमा पराजित

काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपाललाई बिहीबार श्रील्काले ३-२ को…

ByByadmin Jul 23, 2026

भदौ १८ गते एनएसजेएफ स्पोट्र्स अवार्ड हुने

काठमाण्डौ – नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोट्र्स अवार्डको २३ औँ संस्करण भदौ १८ गते काठमाडांैमा हुने भएको छ…

ByByadmin Jul 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *