Image Not Found
Menu
LATEST NEWS

Image

सय डलर नजिक पुग्यो कच्चा तेलको भाउ

ndh

न्यूयोर्क । अमेरिका, इरान र इरान समर्थित समूहबीचको सैन्य तनाव थप बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लागेको छ । मध्यपूर्वबाट हुने तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताका कारण विश्व ऊर्जा बजारमा दबाब बढेको हो ।

 विश्व बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ९८ अमेरिकी डलर नाघेको छ, जुन एकै दिनमा चार प्रतिशतभन्दा बढी वृद्धि हो । पछिल्लो एक सातामा मात्र ब्रेन्ट तेलको मूल्य करिब १३ डलरले बढेको छ भने युद्ध सुरु भएयता झण्डै ३३ प्रतिशतले वृद्धि भएको छ ।

अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको मूल्य पनि करिब तीन प्रतिशत बढेर प्रति ब्यारेल ९० अमेरिकी डलरको नजिक पुगेको छ । यसबीच यमनका इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा दुई वटा साउदी तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेका छन् । हुथी समूहले यसअघि बाब अल–मन्देब जलमार्गमा नाकाबन्दी गर्ने चेतावनी दिएको थियो । बाब अल–मन्देब लाल सागरको दक्षिणी प्रवेशद्वार हो र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको विकल्पका रूपमा यस मार्गबाट ठूलो परिमाणमा तेल निर्यात गर्दै आएको छ ।

उता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले स्ट्रेट अफ होर्मुजको दक्षिणी क्षेत्रमा बिछ्याइएको बारुदी मार्ग हुँदै जान खोजेका तीन तेल ट्यांकरमध्ये एउटा विस्फोटपछि आगलागीमा परेको र बाँकी दुई जहाज फर्किएको दाबी गरेको छ । इरानले उक्त जलमार्ग आफ्नो नियन्त्रणमा रहेको बताउँदै अमेरिकी गतिविधि जारी रहेसम्म त्यहाँको अवस्था तनावपूर्ण रहने संकेत दिएको छ । अमेरिकी सेनाले भने इरानको समुद्री तथा सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले लगातार १२ औँ रातसम्म हवाई आक्रमण सञ्चालन गरेको जनाएको छ । अमेरिकाका अनुसार यी कारबाहीले व्यापारीक जहाज र नागरिक समुद्री यातायातमाथि हुने सम्भावित खतरालाई कम गर्ने लक्ष्य राखेको छ ।

तेल बजारका विश्लेषकहरूले अहिले मुख्य रूपमा स्ट्रेट अफ होर्मुज हुँदै कति जहाज आवतजावत गरिरहेका छन् र बाब अल–मन्देब क्षेत्रमा हुथी समूहको नाकाबन्दी कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयलाई नजिकबाट नियालिरहेका छन् । यी दुवै समुद्री मार्ग विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् । युद्धले ऊर्जा बजारमा थप दबाब सिर्जना गरेको छ, किनभने विश्वभर तेलको मौज्दात पहिलेको तुलनामा कम रहेको छ । साथै युक्रेनी आक्रमणका कारण रुसका धेरै तेल प्रशोधन केन्द्रमा क्षति पुगेपछि डिजेललगायत इन्धनको विश्वव्यापी आपूर्ति पनि प्रभावित भएको छ ।

विश्व शेयर बजारमा भने मिश्रित अवस्था देखिएको छ । अमेरिकाको एस एन्ड पी ५०० सूचकांकमा खासै परिवर्तन हुने संकेत देखिएको छैन भने युरोपको स्टोक्स ६०० सूचकांक शूनय दशमलव ७ प्रतिशतले घटेको छ। एसियाली बजारमा दक्षिण कोरियाको कोस्पी सूचकांक ४ दशमलव ४ प्रतिशतले बढेको छ भने हङकङको ह्याङ सेङ सूचकांक एक प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

समुद्री ढुवानीसम्बन्धी तथ्यांक कम्पनी क्लरका अनुसार हुथीको चेतावनीपछि सोमबार र मंगलबार बाब अल–मन्देब जलमार्ग हुँदै जान लागेका कम्तीमा छ वटा जहाजले आफ्नो मार्ग परिवर्तन गरेका थिए । केही जहाज अहिले सुएज नहरतर्फ मोडिएका छन्, तर यो मार्ग एसियातर्फको यात्राका लागि बढी खर्चिलो र जटिल मानिन्छ । जलमार्गमा जारी असुरक्षाको असर इन्धन उपभोक्तामाथि पनि पर्न थालेको छ । अमेरिकामा पेट्रोलको औसत मूल्य बढेर प्रतिग्यालन ४ डलर शून्य ९ सेन्ट पुगेको छ, जुन युद्ध सुरु भएयता करिब ३७ प्रतिशतले बढी हो । डिजेलको औसत मूल्य पनि प्रतिग्यालन ५ डलर २१ सेन्ट पुगेको छ, जुन युद्ध सुरु भएयता करिब ३९ प्रतिशतले वृद्धि भएको हो । 

ndh

Related Posts

इरानविरुद्धको कारबाहीमा २०७ अमेरिकी सैनिक घाइते

वासिङ्टन (रासस/सिन्ह्वा) । संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) का अनुसार जुलाईमा इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु भएयता…

ByByadmin Jul 27, 2026

इरानमाथिको सैन्य कारबाही स्थगित

वासिङ्टन (रासस/सिन्ह्वा) । संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, आक्रमण…

ByByadmin Jul 26, 2026

भारतमा बढ्दै सरकारविरोधी स्वर

भारतीय राजनीतिमा विगत एक महिनादेखि चलिरहेको युवाहरूको आन्दोलनले ऐतिहासिक सफलता हात पारेको छ। नीट प्रश्नपत्र चुहावट प्रकरणबाट सुरु…

ByByadmin Jul 26, 2026

एकैदिन ४४.४ अर्ब डलरले घट्यो एलन मस्कको सम्पत्ति

क्यालिफोनिर्या । विश्वका सबैभन्दा धनाढ्य व्यक्ति अमेरिकी खर्बपति व्यापारी एलन मस्कको सम्पत्ति एकै दिन ४४ अर्ब ४० करोड…

ByByadmin Jul 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *