Image Not Found
Menu
LATEST NEWS

  • Home
  • सुचना/प्रविधि
  • एआईतर्फ बजेट मोडिएपछि आईबीएमले घटायो आम्दानी वृद्धिको प्रक्षेपण
Image

एआईतर्फ बजेट मोडिएपछि आईबीएमले घटायो आम्दानी वृद्धिको प्रक्षेपण

ndh

आईबीएमले आफ्नो वार्षिक आम्दानी वृद्धिको प्रक्षेपण घटाएको छ। संस्थागत ग्राहकहरूको खर्च सफ्टवेयर र मेनफ्रेम कम्प्युटरबाट एआईकेन्द्रित डाटा सेन्टर गियरतर्फ मोडिएको चेतावनी दिएर वाल स्ट्रिटलाई झस्काएको केही दिनपछि कम्पनीले यस्तो निर्णय गरेको हो।

जुन ३० मा समाप्त भएको दोस्रो त्रैमासिकमा कम्पनी नाफा र आम्दानी दुवैमा अपेक्षानुसारको नतिजा ल्याउन असफल भएको छ।

ग्राहकहरूले यस त्रैमासिकमा एआई खर्चलाई प्राथमिकता दिएका भए पनि दीर्घकालमा मेनफ्रेमबाट पछि हट्ने योजनामा नरहेको भन्दै अधिकारीहरूले शेयरधनीहरूलाई आश्वस्त पार्ने प्रयास गरेका छन्।

न्यूयोर्कको आर्मोन्कमा आधारित कम्पनीको शेयर विस्तारित कारोबारमा सामान्य घटेको छ, जबकि यसअघि २ प्रतिशतले बढेको थियो।

सीईओ अरविन्द कृष्णले गत हप्ता आइबीएमले परिस्थिति अनुकूल ढाल्न ‘गल्ती गरेको’ र ‘धेरै ठूला सम्झौताहरू’ हातबाट उम्केको बताएका थिए। त्यसपछि कम्पनीको शेयर २५ प्रतिशतले घटेको थियो

यो एकै दिनमा भएको एक शताब्दीभन्दा बढी समयपछिको सबैभन्दा ठूलो गिरावट हो।

कमाई सम्बन्धी कन्फरेन्स कलमा कृष्णले भने, ‘दोस्रो त्रैमासिकमा हुन नसकेका अधिकांश काम ठूला ग्राहकहरूका ठूला क्यापेक्स सम्झौताहरू थिए।’

उनले तीमध्ये करिब एक तिहाइ सम्झौताहरू हालको तेस्रो त्रैमासिकमा सम्पन्न भइसकेको बताए।

कृष्णले भने, ‘धेरैजसो माग स्थगित भएको हो, समाप्त भएको होइन।’

आइबीएमको प्रक्षेपणले एआई हार्डवेयरका लागि भइरहेको तानातानलाई उजागर गरेको छ। यसले दुर्लभ सर्भर, चिप्स र नेटवर्किङ गियर सुरक्षित गर्न हतारिएका कम्पनीहरूले फराकिलो सफ्टवेयर क्षेत्रमा खर्च कटौती गर्न सक्ने लगानीकर्ताहरूको चिन्ता बढाएको छ।

आइबीएमले अब सन् २०२६ मा आम्दानी वृद्धि ४ प्रतिशतदेखि ५ प्रतिशतको बीचमा रहने अपेक्षा गरेको छ, जुन पहिलेको ५ प्रतिशतभन्दा बढीको अपेक्षाभन्दा कम हो।

एलएसइजीले संकलन गरेको तथ्यांक अनुसार प्रक्षेपणको मध्यबिन्दु विश्लेषकहरूको औसत अनुमान ४.८ प्रतिशत वृद्धि भई ७०.७७ अर्ब डलर आम्दानी हुने आंकडाभन्दा तल छ।

ndh

Related Posts

नेपालको दिगो कृषिका लागि जापानी अत्याधुनिक प्रविधि भित्रिने

दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहर व्यवस्थापनमा सहयोग पु¥याउने जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने…

ByByadmin Jul 27, 2026

२ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र…

ByByadmin Jul 24, 2026

चिनियाँ एआई मोडलले बनायो नयाँ रेकर्ड, गणित ओलम्पियाडमा शतप्रतिशत अंक

चिनियाँ टेक्नोलोजी कम्पनी रेडनोटको ‘डट्स-नोट ३.०’ मोडलले यस वर्षको ‘इन्टरनेशनल म्याथेमेटिकल ओलम्पियाड’ (आईएमओ) मा ४२ मा ४२ अंक…

ByByadmin Jul 23, 2026

मुगु र बाजुराका दुर्गम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

काठमाण्डौ – नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गरेको छ । टेलिकमले मुगुको…

ByByadmin Jul 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *