Image Not Found
Menu
LATEST NEWS

Image

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुल्यो

ndh

विवाहित नेपाली महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ का लागि आवेदन खुला गरिएको छ । रिवन इन्टरटेनमेन्ट प्रालिले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो ।

पहिलो चरणको अडिसन २३ साउनमा काठमाडौंमा हुनेछ । फिनाले १४ कात्तिकमा हुनेछ । प्रतियोगितामार्फत नेपाली विवाहित महिलालाई आफ्नो प्रतिभा, व्यक्तित्व, नेतृत्व क्षमता तथा सामाजिक योगदान राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरिने जनाइएको छ ।

अडिसनबाट छनोट प्रतियोगीलाई ४५ दिनसम्म व्यक्तित्व विकास, सञ्चारकला, नेतृत्व, सार्वजनिक प्रस्तुति, फिटनेस, र्‍याम्प वाक तथा सामाजिक उत्तरदायित्वलगायत विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट विशेष प्रशिक्षण दिइने भएको छ ।

प्रतियोगितामा सहभागी हुन न्यूनतम एसईई वा सो सरह उत्तीर्ण विवाहित तथा एकल महिलाले आवेदन दिन सक्नेछन् । आवेदन रिवन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत वा आवेदन फाराम भरेर गर्न सकिने जनाइएको छ ।

मिसेस नेपाल वर्ल्ड, मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र तथा मिसेस नेपाल कस्मो शीर्षकमा विजेता घोषणा हुनेछन् । मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय स्पर्धामा सहभागिताको मौका पाउनेछिन् ।

कस्मो विजेताले म्यानमारमा आयोजना हुने मिसेस कस्मोमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । आयोजक संस्थाका सीईओ निशुकान्त झाले विगतका संस्करणमा नेपाली प्रतियोगीले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको स्मरण गरे ।

ndh

Related Posts

साम्राज्ञीको शीर्ष भूमिकामा फिल्म ‘एक्का मिस्सी बादशाह’

अभिनेत्री साम्राज्ञी शाह दुईवर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ । उनको शीर्ष भूमिका रहने फिल्म ‘एक्का मिस्सी…

ByByadmin Jul 26, 2026

‘बा : एक योद्धा’चलचित्रको टिजर सार्वजनिक

चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’…

ByByadmin Jul 25, 2026

‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा

यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हली’को ट्रेलर रिलिज गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज…

ByByadmin Jul 25, 2026

पश्चिम नेपालमा ‘गौंथली’ उत्साहजनक

फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा उत्साहजनक ब्यापार गरिरहेको देखिएको छ । बक्सअफिसको औपचारिक हिसाब आउन त बाँकी छ, यद्यपि…

ByByadmin Jul 24, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *