Image Not Found
Menu
LATEST NEWS

Image

नेप्से ३३.२८ अंकले घट्यो, ६ अर्ब ८ करोडको कारोबार

ndh

साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको बजार आज पुनः ओरालो लागेको हो।

नेप्से परिसूचक आज ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा झरेर रोकिएको छ। आज बजार खुलेदेखि नै गिरावटको क्रम जारी थियो। समग्रमा परिसूचक १.२१ प्रतिशतले घटेको छ।

सोमबार कुल ३६० कम्पनीका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा कुल ६९ हजार ८०३ वटा कारोबार भएका छन्।

आज कुल ३६ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने २३४ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।
आज घट्दो बजारमा पनि सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेड रहेको छ, जसको मूल्य १४.९९ प्रतिशतले बढेको छ। अरु कुनै पनि कम्पनीको मूल्यमा उल्लेख्य वृद्धि छैन । आज आत्मनिर्भर लघुवित्तको १३ प्रतिशतले घटेको छ ।

आज बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै समूह घटेका छन् । उत्पादन ब्यापार र होटल क्षेत्रमा २ प्रतिशत भन्दा धेरै गिरावट छ ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स ३३ करोड ८६ लाख ६६ हजार ५८१ रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ। त्यसैगरी ग्लोबल आईएमई बैंक, रिडी हाइड्रोपावर, कुमारी बैंक र सेन्ट्रल फाइ क्रमशः सर्वाधिक कारोबार हुने अन्य कम्पनीको रुपमा रहेका छन्।
 

ndh

Related Posts

साउन १५ गतेभित्र डिम्याट खाताको वार्षिक शुल्क नबुझाउने प्रयोगकर्ताको खाता रोक्का हुने

साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सीडीएस एन्ड…

ByByadmin Jul 27, 2026

मातृभूमिमा लगानी गर्नु प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गरेका छन्। अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग…

ByByadmin Jul 26, 2026

वर्ष २०८२/८३ मा भित्रिए १२ लाख पर्यटक, २५ प्रतिशत भारतीय

आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका…

ByByadmin Jul 26, 2026

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको…

ByByadmin Jul 25, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *