Image Not Found
Menu
LATEST NEWS

  • Home
  • सुचना/प्रविधि
  • मुगु र बाजुराका दुर्गम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
Image

मुगु र बाजुराका दुर्गम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

ndh

काठमाण्डौ – नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गरेको छ ।

टेलिकमले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकताअनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

टेलिकमका अनुसार बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोलालगायत गुम्बासम्म तथा बाजुराबाट रानिसैन पुग्ने पदमार्गसम्म सेवा पुगेको छ । त्यसैगरी कुवाडी खोलाको सङ्गम आसपासका गाउँ तथा हुम्लाको ताँजाकोट गाउँपालिका–२ जाने मार्गमा पनि फोरजी सेवाको पहुँच विस्तार भएको छ ।

फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयवासीले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिनसक्ने नेपाल टेलिकमले जनाएको छ । यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्नुका साथै सूचना, शिक्षा, स्वास्थ्य तथा सरकारी सेवामा नागरिकको पहुँच थप सहज हुने टेलिकमको अपेक्षा छ ।

नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ भन्ने आफ्नो प्रतिबद्धताअनुरूप देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

ndh

Related Posts

नेपालको दिगो कृषिका लागि जापानी अत्याधुनिक प्रविधि भित्रिने

दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहर व्यवस्थापनमा सहयोग पु¥याउने जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने…

ByByadmin Jul 27, 2026

२ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र…

ByByadmin Jul 24, 2026

एआईतर्फ बजेट मोडिएपछि आईबीएमले घटायो आम्दानी वृद्धिको प्रक्षेपण

आईबीएमले आफ्नो वार्षिक आम्दानी वृद्धिको प्रक्षेपण घटाएको छ। संस्थागत ग्राहकहरूको खर्च सफ्टवेयर र मेनफ्रेम कम्प्युटरबाट एआईकेन्द्रित डाटा सेन्टर…

ByByadmin Jul 23, 2026

चिनियाँ एआई मोडलले बनायो नयाँ रेकर्ड, गणित ओलम्पियाडमा शतप्रतिशत अंक

चिनियाँ टेक्नोलोजी कम्पनी रेडनोटको ‘डट्स-नोट ३.०’ मोडलले यस वर्षको ‘इन्टरनेशनल म्याथेमेटिकल ओलम्पियाड’ (आईएमओ) मा ४२ मा ४२ अंक…

ByByadmin Jul 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *