Image Not Found
Menu
LATEST NEWS

  • Home
  • समाचार
  • सरकारको निर्णयको विरोधमा लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरू माइतीघरमा विरोध प्रदर्शनमा 
Image

सरकारको निर्णयको विरोधमा लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरू माइतीघरमा विरोध प्रदर्शनमा 

ndh

लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले सरकारको पछिल्लो निर्णयप्रति आपत्ति जनाउँदै माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। 

यही साउन ४ गते बसेको मुख्यसचिव स्तरीय बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उक्त बुँदामा लोकसेवाको कुनै पनि पदपूर्ति गर्नुपरेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

यसअघि मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने निर्णय गरेको थियो। मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित २२ बुँदे निर्णयअनुसार चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी कार्यालयले नयाँ दरबन्दी सिर्जना गर्न पाउने छैनन्।

बैठकले चालु आर्थिक वर्षमा अस्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना लोक सेवा आयोगमा माग पठाउन नपाउने निर्णय गरेको छ। यसै निर्णयले लोकसेवा आयोगको नियमित विज्ञापन र पदपूर्ति प्रक्रिया नै प्रभावित हुने भन्दै तयारीमा जुटेका परीक्षार्थीहरूले विरोध जनाएका हुन्।

ndh

Related Posts

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीको विशेष पहल जारी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन्। केही दिनदेखि अशान्त…

ByByadmin Jul 29, 2026

सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ गएनन्

सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह -बालेन_ र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका…

ByByadmin Jul 29, 2026

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक…

ByByadmin Jul 29, 2026

आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने…

ByByadmin Jul 29, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *