Image Not Found
Menu
LATEST NEWS

  • Home
  • समाचार
  • स्थिति भड्किन थालेपछि सबैको साथ सहयोग खोज्दै बालेन
Image

स्थिति भड्किन थालेपछि सबैको साथ सहयोग खोज्दै बालेन

ndh

सुनसरी घटनालाई पाँचदिन देखि नजरअन्दाज गर्दे आएका प्रधानमन्त्री बालेन्द्र शाह स्थिति भड्किन थालेपछि अब सबैको साथ सहयोग खोज्न थालेका छन् ।

संसद्, राजनीतिक दल, राष्ट्रपतिदेखि प्रशासनिक संयन्त्रहरूलाई समेत बेवास्ता गर्दै आफ्नो मनमौजी शैली अपनाउँदै आएका बालेनले बिहीबार भने फरक शैली अपनाए ।

प्रधानमन्त्री भएपछि चार महिनासम्म राष्ट्रप्रमुखको रूपमा एकपटक पनि शिष्टाचार भेट गर्न नगएका उनी बिहीबार राति शीतल निवास पुगेर १५ मिनेट संवाद गरे । यसअघि शीतल निवासमा हुने शपथ लगायतका औपचारिक कार्यक्रममा मात्र पुग्ने गरेका थिए ।

रास्वपाका सभापति रवि लामिछानेले बरू विगतमा भेट्दै सत्तारुढ दलकातर्फबाट ब्रिफिङ गर्ने गरेका थिए । सुनसरी घटनापछि पनि लामिछानेले दुई दिन अघि राष्ट्रपतिलाई भेटेका थिए । तर, चुपचाप रहेका प्रधानमन्त्री बिहीबार राष्ट्रपतिले भेट्न खोजेपछि शीलत निवास गएर अहिले भइरहेको स्थितिबारे ब्रिफिङ गरेका थिए ।

नेपालको संविधान अनुसार राष्ट्रपति संवैधानिक पद हो । तर, कार्यकारीले गरेका कामहरूमा बेलाबखत शिष्टाचार रूपमा ब्रिफिङ गर्ने चलन छ । शाह प्रधानमन्त्री बनेपछि यो प्रचलन उनले तोडेका थिए । संकटको अवस्थामा सर्वत्र आलोचना भएपछि उनी राष्ट्रपतिलाई भेट्न शीतल निवासमै गए । उनले बिहीबार नै उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पनि टेलिफोन गरी अहिलेको परिस्थितिबारे जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शीतल निवासको भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सबैलाई साथमा लिएर स्थिति साम्य पार्न अनुरोध गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका थिए ।

‘देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको हो’ सल्लाहकार पोखरेलले भने ।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था क़ायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री शाहमाथि संसद् छलेको नागरिकहरूका समस्यामा असंवेदनशील रहेको भन्दै निरन्तर आलोचना भइरहेको थियो । सुनसरीमा नागरिकको ज्यान जाने घटना हुँदा पनि उनी तीन दिन चुपचाप बसेका थिए । दुई दिन अघिसम्म उनी फेसबुक स्टाटस लेखेर मात्र घटनाकोबारेमा अपिल गरिरहेका थिए । गृहमन्त्रीसमेत आफ्ना पीएलाई फिल्डमा खटाएर सिंहदरबारमै बसिरहेका थिए ।

यता राजनीतिक दलहरूसँग पनि प्रधानमन्त्रीले कुनै संवाद गरेका थिएनन् । रास्वपा सभापतिको नेतृत्वमा सर्वदलीय बैठक भएको थियो । स्थिति साम्य पार्नका लागि कुनै पनि अग्रसरता लिएको नदेखिएको भन्दै उनको आलोचना भइरहेको थियो ।

हिजोदेखि सुनसरीको घटनाको विरोधमा मधेश प्रदेशमा समेत आगो सल्किन थालेपछि प्रधानमन्त्री शाह बिहीबार चाहिँ भिन्न रूपमा देखिए । उनले बिहानै सुरक्षा परिषद्को बैठक बोलाएर सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरे । त्यहाँ उनले सुनसरीको घटनामा गोली कसरी चल्यो भन्ने ब्रिफिङ लिएका छन् ।

उक्त छलफलमा समेत सुरक्षा निकायका प्रमुखहरूले यो घटनाको राजनीतिक र सामाजिक समाधान खोज्नेतर्फ पनि लाग्नुपर्ने सुझाव दिएका थिए ।

मन्त्री लगायतका अधिकारीहरू फिल्डमै जाँदा राम्रो हुने लगायतका सुझाव समेत दिएका थिए । सुरक्षा परिषद्को बैठकमा समेत राजनीतिक सक्रियताको अपेक्षा भएपछि प्रधानमन्त्रीले गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई सुनसरी पठाउने निर्णय गरेका थिए ।

अहिले दुई जना मन्त्रीहरू सुनसरी पुगिसकेका छन् ।

बिहीबार नै रास्वपाका कोशी र मधेशका सांसदहरूले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर सरकारको रवैयाबारे प्रश्न उठाएका थिए ।

उनीहरूले गृहप्रशासनको भूमिकामाथि पनि समीक्षा गर्नुपर्ने लगायतका कुरा उठाएका थिए । रास्वपा सभापति लामिछानेले मधेश केन्द्रित दलहरूसँग पनि छलफल गरेका थिए ।

यी सबै छलफलपछि पनि सभापति लामिछानेले प्रधानमन्त्रीलाई स्थिति नियन्त्रणमा लिनका लागि तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरेका थिए ।

यता प्रतिनिधिसभाको बैठकमा पनि विपक्षी दलका सांसदहरूले स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै सचेत गराएका थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले त लामो सम्बोधन गर्दै राजनीतिक गम्भीर परिस्थितिमा संवाद गर्न प्रधानमन्त्रीलाई किन रोकेको भन्ने प्रश्न पनि गरेका थिए । कतिपय सांसदहरूले मुलुकलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका थिए ।

यी सबै पृष्ठभूमिमा प्रधानमन्त्री बालेन सर्वत्र दबाबमा पर्दैगएका थिए । उनीको नेतृत्व क्षमतामाथि पनि गम्भीर ‍प्रश्न उठेपछि उनी अरूको साथ सहयोग खोज्दै आज फरक शैलीमा प्रस्तुत भएका हुन् ।

ndh

Related Posts

निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय टोली हिमपहिरोमा परी बेपत्ता

निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्ला हिमालमध्ये एक पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो गएपछि…

ByByadmin Jul 31, 2026

धनुषामा लगाइएको कर्फ्यु दुई घण्टाका लागि खुकुलो

धनुषामा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ । आज बिहान ६ बजेदेखि ८ बजेसम्म …

ByByadmin Jul 31, 2026

सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा दिन नयाँ व्यवस्था कार्यान्वयनमा 

उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज,…

ByByadmin Jul 30, 2026

देशका विभिन्न मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध

नेपाल प्रहरीले देशका विभिन्न मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध भएको जानकारी दिएको छ। प्रहरीका अनुसार ललितपुरको…

ByByadmin Jul 30, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *