भारतीय निर्देशक एटलीको आगामी साइन्स फिक्सन फिल्म ‘राका’ यतिबेला निकै चर्चामा छ । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहने यो फिल्मको यतिबेला छायाङ्कन भइरहेको छ ।
यसैबिच, फिल्मको बारेमा एक प्रमुख अपडेट आएको छ । लगभग १००० करोड भारुको ठुलो बजेटमा बनेको यो फिल्म दुई भागमा रिलिज गर्ने मेकरहरूको योजना छ । इन्डिया टुडेको रिपोर्टअनुसार राकाको कथा दुई फरक संसार र समय रेखामा सेट गरिनेछ ।
स्रोतका अनुसार फिल्मको कथा दुई भागमा विभाजित गरिनेछ । यसको एउटा भाग आदिवासी पौराणिक कथा र वैदिक कालमा आधारित हुनेछ भने दोस्रो भाग आधुनिक समयमा सेट गरिनेछ । ठुलो बजेटको यो फिल्म अहिलेसम्मकै सबैभन्दा ठुलो सिनेमेटिक अनुभवहरूमध्ये एक बन्न सक्ने ठानिएको छ ।
फिल्ममा महिला मुख्य भूमिकाबारे पनि जानकारी आएका छन् । रिपोर्टहरूका अनुसार, आधुनिक समय रेखामा मृणाल ठाकुरले मुख्य भूमिका निर्वाह गर्नेछिन् । दीपिका पादुकोण, जान्हवी कपूर र रश्मिका मन्डाना ऐतिहासिक भागको हिस्सा हुनेछन् । फिल्मको रिलिज मितिबारे भने अहिलेसम्म कुनै अपडेट आएको छ ।
















































































































