Image Not Found
Menu
LATEST NEWS

  • Home
  • समाचार
  • सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा दिन नयाँ व्यवस्था कार्यान्वयनमा 
Image

सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा दिन नयाँ व्यवस्था कार्यान्वयनमा 

ndh

उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योग प्रशासनलाई ‘डिजिटल’ प्रविधिमैत्री बनाउँदै सेवाग्राहीले अनावश्यक रूपमा विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न यसअघि नै निर्देशन दिएकी हुन् ।

विभागले सूचना जारी गर्दै उद्योग दर्ता, नवीकरण, उद्योग अद्यावधिक, उद्योग स्थानान्तरण, पुँजी तथा क्षमता वृद्धि, नाम तथा उद्देश्य संशोधन, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस, वार्षिक प्रगति विवरणलगायतका अधिकांश सेवा अब अनलाइनबाटै उपलब्ध हुने जनाएको छ ।

विभागका अनुसार अनलाइन प्रणालीमा समावेश भइसकेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ । आवश्यक परे सम्बन्धित उद्योग वा कम्पनीका आधिकारिक प्रतिनिधिले मात्र आवश्यक परिचयपत्रसहित उपस्थित भई सेवा लिन सक्नेछन् ।

अनलाइन प्रणालीमा समावेश भएका सेवाका आवेदन र कागजात अब भौतिक रूपमा दर्ता गरिने छैनन् । सबै प्रक्रिया विद्युतीय माध्यमबाटै सम्पन्न गरिने विभागले स्पष्ट पारेको छ ।

मन्त्री यादवले मन्त्रालयको नेतृत्व सम्हालेसँगै उद्योग प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउने अभियानलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन निरन्तर निर्देशन दिएकी छन् ।

विभागले उद्योगी–व्यवसायीलाई अनलाइन प्रणालीको अधिकतम उपयोग गर्न आग्रह गरेको छ ।

ndh

Related Posts

निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय टोली हिमपहिरोमा परी बेपत्ता

निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्ला हिमालमध्ये एक पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो गएपछि…

ByByadmin Jul 31, 2026

स्थिति भड्किन थालेपछि सबैको साथ सहयोग खोज्दै बालेन

सुनसरी घटनालाई पाँचदिन देखि नजरअन्दाज गर्दे आएका प्रधानमन्त्री बालेन्द्र शाह स्थिति भड्किन थालेपछि अब सबैको साथ सहयोग खोज्न…

ByByadmin Jul 31, 2026

धनुषामा लगाइएको कर्फ्यु दुई घण्टाका लागि खुकुलो

धनुषामा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ । आज बिहान ६ बजेदेखि ८ बजेसम्म …

ByByadmin Jul 31, 2026

देशका विभिन्न मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध

नेपाल प्रहरीले देशका विभिन्न मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध भएको जानकारी दिएको छ। प्रहरीका अनुसार ललितपुरको…

ByByadmin Jul 30, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *