Image Not Found
Menu
LATEST NEWS

  • Home
  • मनोरञ्जन
  • निर्देशक एटलीको साइन्स फिक्सन फिल्म ‘राका’ दुई भागमा रिलिज हुने 
Image

निर्देशक एटलीको साइन्स फिक्सन फिल्म ‘राका’ दुई भागमा रिलिज हुने 

ndh

भारतीय निर्देशक एटलीको आगामी साइन्स फिक्सन फिल्म ‘राका’ यतिबेला निकै चर्चामा छ । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहने यो फिल्मको यतिबेला छायाङ्कन भइरहेको छ ।

यसैबिच, फिल्मको बारेमा एक प्रमुख अपडेट आएको छ । लगभग १००० करोड भारुको ठुलो बजेटमा बनेको यो फिल्म दुई भागमा रिलिज गर्ने मेकरहरूको योजना छ ।  इन्डिया टुडेको रिपोर्टअनुसार राकाको कथा दुई फरक संसार र समय रेखामा सेट गरिनेछ ।

स्रोतका अनुसार फिल्मको कथा दुई भागमा विभाजित गरिनेछ । यसको एउटा भाग आदिवासी पौराणिक कथा र वैदिक कालमा आधारित हुनेछ भने दोस्रो भाग आधुनिक समयमा सेट गरिनेछ । ठुलो बजेटको यो फिल्म अहिलेसम्मकै सबैभन्दा ठुलो सिनेमेटिक अनुभवहरूमध्ये एक बन्न सक्ने ठानिएको छ ।

फिल्ममा महिला मुख्य भूमिकाबारे पनि जानकारी आएका छन् । रिपोर्टहरूका अनुसार, आधुनिक समय रेखामा मृणाल ठाकुरले मुख्य भूमिका निर्वाह गर्नेछिन् । दीपिका पादुकोण, जान्हवी कपूर र रश्मिका मन्डाना ऐतिहासिक भागको हिस्सा हुनेछन् । फिल्मको रिलिज मितिबारे भने अहिलेसम्म कुनै अपडेट आएको छ । 

ndh

Related Posts

प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर 

छायांकनको गोप्य भिडियो मोबाइलमा तानेर टिकटकमा हालेपछि कथावस्तु र गोपनियता भङ्ग भएको दाबी गर्दै फिल्म ‘महाराजधिराज’का निर्माताले प्राविधिक…

ByByadmin Jul 28, 2026

‘गौंथली’ को आक्रामक व्यापार, चम्कियो अभिनेताको स्टारडम

अघिल्लो फिल्म ‘महापुरुष’बाट नै लुक्स र अभिनयका कारण चर्चामा आएका अभिनेता हुन् अरुण क्षेत्री । काम हेरेपछि धेरैले…

ByByadmin Jul 28, 2026

साम्राज्ञीको शीर्ष भूमिकामा फिल्म ‘एक्का मिस्सी बादशाह’

अभिनेत्री साम्राज्ञी शाह दुईवर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ । उनको शीर्ष भूमिका रहने फिल्म ‘एक्का मिस्सी…

ByByadmin Jul 26, 2026

‘बा : एक योद्धा’चलचित्रको टिजर सार्वजनिक

चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’…

ByByadmin Jul 25, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *