Image Not Found
Menu
LATEST NEWS

Image

४ जना सचिवको सरुवा 

ndh

सरकारले ४ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ४ सचिवको सरुवा र १ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको मुख्यसचिव गोविन्द कार्कीले रातोपाटीलाई जानकारी दिए । 

कार्कीका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई डा. पोखरेलको स्थानमा पठाइएको छ । गत माघमा मात्रै सञ्चार मन्त्रालयमा पुगेकी बस्नेत ६ महिनामै सरुवामा परेकी हुन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवका रूपमा सरुवा गरिएको छ । 

बागमती प्रदेश सरकारको प्रमुख सचिव रहेका बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । अधिकारी अनिवार्य अवकाशको मुखमा रहेकाले अतिरिक्त समूहमा तानिएको हो । बागमती प्रदेशको कायममुकायम प्रमुख सचिवमा वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईको सरुवा गरिएको छ ।

ndh

Related Posts

निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय टोली हिमपहिरोमा परी बेपत्ता

निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्ला हिमालमध्ये एक पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो गएपछि…

ByByadmin Jul 31, 2026

स्थिति भड्किन थालेपछि सबैको साथ सहयोग खोज्दै बालेन

सुनसरी घटनालाई पाँचदिन देखि नजरअन्दाज गर्दे आएका प्रधानमन्त्री बालेन्द्र शाह स्थिति भड्किन थालेपछि अब सबैको साथ सहयोग खोज्न…

ByByadmin Jul 31, 2026

धनुषामा लगाइएको कर्फ्यु दुई घण्टाका लागि खुकुलो

धनुषामा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ । आज बिहान ६ बजेदेखि ८ बजेसम्म …

ByByadmin Jul 31, 2026

सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा दिन नयाँ व्यवस्था कार्यान्वयनमा 

उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज,…

ByByadmin Jul 30, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *