Image Not Found
Menu
LATEST NEWS

  • Home
  • मनोरञ्जन
  • ‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
Image

‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा

ndh

यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हली’को ट्रेलर रिलिज गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज ट्रेलरमा छाउप्रथा र एउटा हलीले नै देशको मुहार फेर्न सकिने कथा समटिएकाे छ। महिनावारी हुँदा स्कुल पढाउनु हुँदैन भन्दै स्कुल नपठाएको  कथा देखि २१ दिनसम्म बुवा र छोरा मान्छेको मुहार हेर्न हुन्न भन्ने कथा समेत छ ।

पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो  फिल्मलाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की,सरोज खनाल,अरुणा कार्की, अर्जुन गुरुङ,नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ। साथै,स्वयम् निर्देशक ओम प्रतीकले पनि मुख्य भूमिकामा छ।

निर्माता गुरुङले यो फिल्म वास्तविक कथामा निर्माण भएको बताइन्। उनले एउटा हलीले नै देशको मुहार फेर्न सकिने कथा फिल्मले देखाउने बताइन् । गुरुङले भनिन,’देश परिवर्तन गर्नका लागि काफी छ है । यहाँ नेताले भाषण गर्दैमा मात्रै  देश परिवर्तन हुँदैन।’

निर्देशक प्रतिकले मस्तिष्क चेतनालाई फराकिलो बनाइयो भने पढाइमा पिएचडी गर्नु नपर्ने बताए। उनले भने,’पश्चिम क्षेत्रमा महिनावारी हुँदा पहिलो पटक छाउप्रथामा राख्ने गरिने रैछ। त्यहीँ यथार्थ कथामा यो फिल्म निर्माण गरेका हौँ। चेतनालाई फराकिलो रूपले हेरियो भने पढाइमा पिएचडी गर्नै पर्दैन।’

फिल्मको एउटा प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला,पूजा शर्मादेखि मिथिला शर्मासम्मले अभिनय गरेका छन्। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा क्रान्तिकारी शैलीको छ। जहाँ  देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षको छ।

फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन रहेको फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ। नेसनल सिने ग्रुप प्रालिले वितरण गर्न लागेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

ndh

Related Posts

प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर 

छायांकनको गोप्य भिडियो मोबाइलमा तानेर टिकटकमा हालेपछि कथावस्तु र गोपनियता भङ्ग भएको दाबी गर्दै फिल्म ‘महाराजधिराज’का निर्माताले प्राविधिक…

ByByadmin Jul 28, 2026

‘गौंथली’ को आक्रामक व्यापार, चम्कियो अभिनेताको स्टारडम

अघिल्लो फिल्म ‘महापुरुष’बाट नै लुक्स र अभिनयका कारण चर्चामा आएका अभिनेता हुन् अरुण क्षेत्री । काम हेरेपछि धेरैले…

ByByadmin Jul 28, 2026

साम्राज्ञीको शीर्ष भूमिकामा फिल्म ‘एक्का मिस्सी बादशाह’

अभिनेत्री साम्राज्ञी शाह दुईवर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ । उनको शीर्ष भूमिका रहने फिल्म ‘एक्का मिस्सी…

ByByadmin Jul 26, 2026

‘बा : एक योद्धा’चलचित्रको टिजर सार्वजनिक

चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’…

ByByadmin Jul 25, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *