Image Not Found
Menu
LATEST NEWS

Image

नेपालमा एक वर्षमा ४९ अर्बको स्मार्टफोन भित्रियो

ndh

नेपालमा स्मार्टफोन प्रयोग र आयात तीव्र रूपमा बढ्दै गएको छ ।

भन्सार विभागको तथ्यांकले गत आर्थिक वर्ष २०८२÷८३ मा नेपालमा करिब ४९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको देखाएको छ । अघिल्लो आवको तुलनामा गत वर्ष स्मार्टफोन आयात परिमाणमा सामान्य वृद्धि भए पनि यसका लागि बाहिरिने रकम र सरकारले संकलन गर्ने राजस्वमा भने उच्च वृद्धि भएको छ ।

परिमाणको तुलनामा आयात मूल्य उच्च दरले बढ्नुले नेपाली बजारमा महँगा र प्रिमियम स्मार्टफोन माग निकै बढेको विश्लेषण गर्न सकिन्छ । भन्सार तथ्यांक अनुसार आव २०८२÷८३ मा नेपालले कुल २२ लाख ६७ हजार ४ सय १९ थान स्मार्टफोन आयात गरेको छ ।

यसका लागि नेपालबाट ४८ अर्ब ६९ करोड ३४ लाख बाहिरिएको छ । सरकारले स्मार्टफोन आयातबाट ९ अर्ब ८ करोड २३ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।

अघिल्लो आव २०८१÷८२ मा नेपालले कुल २१ लाख ८४ हजार ६ सय ९४ थान स्मार्टफोन आयात गरेको थियो । जसको कुल आयात मूल्य ३५ अर्ब ५४ करोड ७३ लाख थियो भने सरकारले त्यसबाट ६ अर्ब ६२ करोड ७६ लाख बराबर राजस्व संकलन गरेको थियो ।

ndh

Related Posts

अर्थमन्त्री डा.वाग्ले उद्योगपतिहरुसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अभिएका छन् । प्रधानमन्त्री शाहले उद्याेग व्यवसायीलाई भेटेपछि अर्थमन्त्री…

ByByadmin Jul 28, 2026

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान गरेको छ ।  मन्त्रालयले गठन गरेको…

ByByadmin Jul 28, 2026

एक वर्षमा भित्रिए ८६ देशका ९ हजार पर्यटक

नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार ४४७ जना विदेशी पर्यटक नेपाल…

ByByadmin Jul 28, 2026

साउन १५ गतेभित्र डिम्याट खाताको वार्षिक शुल्क नबुझाउने प्रयोगकर्ताको खाता रोक्का हुने

साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सीडीएस एन्ड…

ByByadmin Jul 27, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *