Image Not Found
Menu
LATEST NEWS

Image

रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या

ndh

रौतहटको गुजरा नगरपालिका –५ हरिहरपुर टोलमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ ।

शुक्रबार बिहान करिब साँढे १० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०÷४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही टोल घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेका हुन् ।
घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए । गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ndh

Related Posts

श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ

सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१…

ByByadmin Jul 28, 2026

लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु

लमजुङमा धन्सारमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । अरू दुई जना घाइते भएका छन् । मध्यनेपाल…

ByByadmin Jul 28, 2026

निर्वाचन प्रणालीलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत

निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले नेपालको निर्वाचन प्रणालीलाई थप स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने बताएका छन् । मंगलबार…

ByByadmin Jul 28, 2026

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२…

ByByadmin Jul 28, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *