Image Not Found
Menu
LATEST NEWS

  • Home
  • गृहपृष्ठ
  • परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राष्ट्रिय स्वतन्त्र पार्टीको निर्देशन
Image

परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राष्ट्रिय स्वतन्त्र पार्टीको निर्देशन

ndh

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ । पार्टीले स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएको हो ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ । निर्देशनमा एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ ।

स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ । निर्देशनमा नियुक्ति पारिवारिक र नातागोताभन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ । सरकारले हालै संघीय संसद्का सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा संशोधन गरिएको छ । योे व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन् ।

ndh

Related Posts

निर्वाचन प्रणालीलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत

निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले नेपालको निर्वाचन प्रणालीलाई थप स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने बताएका छन् । मंगलबार…

ByByadmin Jul 28, 2026

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२…

ByByadmin Jul 28, 2026

सरकार डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता असुलीमा मौन

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच लामो समयदेखि जारी विवादित डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् बक्यौता असुलीका विषयमा सरकार मौन…

ByByadmin Jul 28, 2026

बजार व्यवस्थापनलाई स्वचालित प्रणालीमा लैजानुपर्नेमा जोड

बिहान उठेर तरकारी किन्न जाँदा होस् वा लत्ताकपडा जोड्दा, आम उपभोक्ताको साझा भोगाइ एउटै छ- महँगीले ढाड सेकिन्छ,…

ByByadmin Jul 28, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *