Image Not Found
Menu
LATEST NEWS

Image

‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन

ndh

 ‘गडजिल्ला भर्सेस कङ’ चलचित्रकी अभिनेत्री केली हटलको १८ वर्षको उमेरमा मंगलबार कार दुर्घटनामा परेर निधन भएको छ । उनको निधनको खबर उनका बुबा जोसुआ हटलले फेसबुक लाइभस्ट्रिम मार्फत सार्वजनिक गरेका हुन् । 

भेराइटीका अनुसार उनका बुबाले टीएमजीसँग कुरा गर्दै म्यारील्यान्डमा भएको कार दुर्घटनामा छोरीको मृत्यु भएको र शव बुझ्न टेक्ससबाट आफू त्यहाँ जाँदै गरेको पुष्टि गरेका छन्। हटल विद्यार्थीको रूपमा अध्ययनरत टेक्सस स्कुल फर द डेफले पनि सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै यस दुःखद खबरको पुष्टि गरेको छ। हटल र उनका बुबा दुवैले कान सुन्दैन थिए । 

टेक्सस स्कुल फर द डेफको पोस्टमा भनिएको छ, ‘हाम्रा टीएसडी सिनियर विद्यार्थीहरूमध्येकी एक केली हटलको हिजो म्यारील्यान्डको फ्रेडरिकमा भएको कार दुर्घटनामा दुःखद निधन भएको हृदयविदारक खबर साझा गर्दा हामीलाई अत्यन्तै दुःख लागेको छ। यस कठिन समयमा हाम्रो सहानुभूति केलीका परिवार, साथीभाइ, सहपाठी र उनलाई चिन्ने तथा माया गर्ने सबैसँग छ। यो समयमा हामीसँग धेरै सीमित जानकारी छ र सबैलाई केलीको परिवारको गोपनीयताको सम्मान गर्न तथा दुर्घटनाको परिस्थितिबारे अड्कलबाजी नगर्न अनुरोध गर्दछौँ ।’

हटल सन् २०२१ को ‘गडजिल्ला भर्सेस कङ’ र २०२४ को ‘गडजिल्ला एक्स कङस् द न्यु एम्पायर’ मा जिया नामक पात्रको भूमिकाका लागि परिचित छिन्। फिल्ममा उनी एक अनाथ बहिरी बालिकाको भूमिकामा थिइन्, जसको कङसँग गहिरो सम्बन्ध हुन्छ र डाक्टर एलेन एन्ड्र्युज (रिबेका हल) ले उनलाई संरक्षण दिन्छिन्। 

‘गडजिल्ला एक्स कङः द न्यु एम्पायर’ का लागि हटल सर्वोत्कृष्ट युवा कलाकारको रूपमा स्याटर्न अवार्डका लागि मनोनीत समेत भएकी थिइन् ।

ndh

Related Posts

भारतमा ‘ब्रेन–इटिङ अमिबा’को त्रास: घातक संक्रमणबाट १९ जनाको मृत्यु पुष्टि

न्युज सरोवर। भारतमा ‘ब्रेन–इटिङ अमिबा’ (Brain-eating Amoeba) भनेर चिनिने Naegleria fowleri संक्रमणका कारण १९ जनाको मृत्यु भएको पुष्टि…

ByByadmin Jul 28, 2026

प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर 

छायांकनको गोप्य भिडियो मोबाइलमा तानेर टिकटकमा हालेपछि कथावस्तु र गोपनियता भङ्ग भएको दाबी गर्दै फिल्म ‘महाराजधिराज’का निर्माताले प्राविधिक…

ByByadmin Jul 28, 2026

‘गौंथली’ को आक्रामक व्यापार, चम्कियो अभिनेताको स्टारडम

अघिल्लो फिल्म ‘महापुरुष’बाट नै लुक्स र अभिनयका कारण चर्चामा आएका अभिनेता हुन् अरुण क्षेत्री । काम हेरेपछि धेरैले…

ByByadmin Jul 28, 2026

इरानविरुद्धको कारबाहीमा २०७ अमेरिकी सैनिक घाइते

वासिङ्टन (रासस/सिन्ह्वा) । संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) का अनुसार जुलाईमा इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु भएयता…

ByByadmin Jul 27, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *