Image Not Found
Menu
LATEST NEWS

  • Home
  • समाचार
  • तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक कटान, मन्थली–चरिकोट सडक अवरुद्ध
Image

तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक कटान, मन्थली–चरिकोट सडक अवरुद्ध

ndh

तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक बगाउँदा पुष्पलाल राजमार्ग पूर्णरूपले अवरुद्ध भएको छ ।

बीपी राजमार्गको वैकल्पिक मार्गसमेत रहेको पुष्पलाल राजमार्गको किर्नेटार खण्ड कटान भएपछि तराईलाई दोलखासँग जोड्ने सडक पूर्णरूपमा अवरुद्ध बनेको हो।

साथै दोलखाबाट तराईसहित कोशी प्रदेशका जिल्ला जाने सवारीसाधन र सिन्धुली, रामेछाप हुँदै दोलखा आउने सवारी साधन पनि चल्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मनोज लामाका अनुसार बुधबार मध्यराति तामाकोशीको बाढीले सडक भत्काएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो ।

उनका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ ।

‘अहिले राजमार्ग खुलाउनको लागि पालिका, सडक विभाग, खिम्ती जलविद्युत् आयोजनाका प्रतिनिधि, वडा अध्यक्ष र प्रहरी प्रतिनिधिको बैठक बसिरहेको छ । वैकल्पिक सडक खुलाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ,’ डिएसपी लामाले भने ।

ndh

Related Posts

सरकारको निर्णयविरुद्ध  सर्वोच्चको ‘कारण देखाऊ’ आदेश जारी 

सङ्घीय संसद्का सदस्यहरूलाई निजी स्वकीय सचिव (पीए)राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले ‘कारण देखाऊ’ आदेश जारी गरेको छ…

ByByadmin Jul 27, 2026

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्‌घाटन

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान…

ByByadmin Jul 27, 2026

प्रतिबन्धित वस्तुको आयात, भण्डारण र बिक्री वितरण तत्काल रोक्न चेतावनी 

सरकारले निकासी–पैठारी तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएका वस्तु बजारमा भौतिक र डिजिटल (अनलाइन) प्ल्याटफर्म मार्फत खुलमखुला बिक्री भइरहेको…

ByByadmin Jul 27, 2026

डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयास

धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न थप दुई जना धनगढी गएका छन् । प्रधानमन्त्री बालेन शाहका…

ByByadmin Jul 26, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *