योगदान राष्ट्रको लागि अभियानद्वारा काठमाडौंमा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

News Sarobar 719


काठमाडौं ।
योगदान राष्ट्रको लागि अभियान अन्तर्गत काठमाडौं महानगर समितिको आयोजनामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–२६, लैनचौरस्थित सिल्भर माउन्टेन कलेज (होटल म्यानेजमेन्ट) परिसरमा आयोजित उक्त शिविरबाट करिब १०० जना सेवाग्राहीले नि:शुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
शिविरमा दन्त परीक्षण, आँखा परीक्षण, रक्तदान कार्यक्रम तथा साधारण स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो। कार्यक्रममा हिमाल अस्पताल, कीर्तिपुर आँखा अस्पताल, ओम डेन्टल, ब्लड बैंक तथा अन्य सहयोगी संस्थाहरूको प्राविधिक सहयोग रहेको थियो।


चिकित्सक तथा स्वास्थ्यकर्मीको सक्रिय सहभागिता-
हिमाल अस्पतालबाट डा. अनुज कुमार सिंह (फिजिसियन), डा. शृष्टी सुब्बा राई (नाक, कान, घाँटी) र डा. नितिन ग्यावाली (मेडिकल डाक्टर)ले सेवा प्रदान गरेका थिए।
त्यसैगरी कीर्तिपुर आँखा अस्पतालबाट दुर्गा देवी श्रेष्ठ (अप्थाल्मिक एसिस्टेन्ट), रेनु चौधरी र नवीन उपाध्यायले आँखा परीक्षण सेवा दिएका थिए।
ओम डेन्टलबाट डा. पूजा थापा, डा. दिक्ष्या चौधरी तथा सबिता निरौलाले दन्त परीक्षण गरेका थिए। रक्तदान कार्यक्रम ब्लड बैंक (किरण योगि टिम) को समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा तार्केस्वर क्लब ६० का संयोज राजन थापा ज्यु समेतको सहयोग रहेको थियो।


कार्यक्रमको उपस्थिति र सम्बोधन-
कार्यक्रमलाई शोभा बढाउन योगदान राष्ट्रको लागि केन्द्रिय कोषाध्यक्ष दीर्घराज भट्टराईको विशेष उपस्थिति रहेको थियो। उहाँले काठमाडौं महानगर समितिले गरेको यस सेवामूलक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पालिका अध्यक्ष शर्मिला थापाले पनि मन्तव्य राख्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि यस्ता शिविर अत्यन्त उपयोगी रहेको बताउनुभयो।


समिति पदाधिकारी र सञ्चालन-
काठमाडौं महानगर समितिका पदाधिकारीहरूमा पालिका अध्यक्ष शर्मिला थापा, पालिका उपाध्यक्ष अमिता त्रीताल अधिकारी, सचिव दिनेश रुवाली, कोषाध्यक्ष बिजना त्रीताल तथा सदस्यहरू डोलराज न्यौपाने, गणेश पौडेल, राधेश्याम श्रेष्ठ र सबिन लामा रहेका छन्।
कार्यक्रम सञ्चालन योगदान राष्ट्रको लागि काठमाडौं महानगर समिति सचिव दिनेश रुवालीले गर्नुभएको थियो।
सम्मान र आगामी प्रतिबद्धता
कार्यक्रममा सहयोगी संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो। काठमाडौं महानगर समितिले आगामी दिनमा पनि यस्ता नि:शुल्क स्वास्थ्य शिविरहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *