चुनाव चिह्न माटो राखिएको साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाउँदै

News Sarobar 27

धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाउँदैछ ।  निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमणपत्र लिन दिउँसो २ बजे जाने तय भएको उक्त पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए ।

साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । यो पार्टीको अध्यक्षमा हर्क साम्पाङ रहेका छन् । पाँच जना पदाधिकारी र २८ जना केन्द्रीय सदस्य रहेका छन्  ।  उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए । आज साम्पाङ आफैँ दल दर्ताको प्रमाणपत्र लिन उपस्थित हुने केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *