रत्ननगरमा योगदान राष्ट्रको लागि समितीद्वारा एक दिने निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न

चितवन, रत्ननगर।
रत्ननगर नगरपालिकामा योगदान राष्ट्रको लागि रत्ननगर नगर समितीद्वारा आयोजित एक दिने निशुल्क प्राथमिक उपचार तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ। देशभर समुदायमा स्वास्थ्य सचेतना र आकस्मिक अवस्थाको व्यवस्थापन क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस तालिममा करिब ५०–६० जना सहभागी रहेका थिए।
तालिमलाई योगदान राष्ट्रको लागि का केन्द्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेती ज्युले संचालन गर्नुभएको थियो। उहाँले दुर्घटनाका बेला प्राथमिक रूपमा अपनाइने उपाय, रक्तस्राव नियन्त्रण, जलन उपचार, बेहोस हुँदा गर्ने सहयोग, सास अड्किँदा प्रयोग हुने ज्भष्mष्अिज mबलभगखभच, तथा जीवनरक्षक ऋएच् सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रमकी अध्यक्ष विरन्जना घिमिरेले तालिम एकदमै प्रभावकारी भएको बताउँदै भन्नुभयो—
“यस तालिमले कसरी घाइतेलाई सुरक्षित रूपमा अस्पतालसम्म पुर्याउने, कसरी तत्काल प्राथमिक उपचार दिने र कसरी जीवन जोगाउन सकिन्छ भन्ने महत्वपूर्ण ज्ञान प्रदान गर्यो। समुदायका लागि यस्तो तालिम अत्यावश्यक छ।”
त्यस्तै, समितिका सल्लाहकार रामहरी लम्सालले प्राथमिक उपचार सिकेर समुदाय आफैं संकटको समयमा सक्षम बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो—
“एक दिने प्राथमिक उपचार तालिमले पनि जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्छ। योगदान राष्ट्रको लागि ले सुरू गरेको यो अभियान नै जीवनरक्षक अभियान हो, जसलाई प्रत्येक ठाउँमा विस्तार गर्न आवश्यक छ।”
कार्यक्रममा प्रहरी प्रशासन, सामाजिक संघ–संस्था, युवाहरू तथा स्थानीयबासीको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले तालिम अत्यन्तै उपयोगी र व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्।
देशभर विस्तार हुँदै योगदान राष्ट्रको लागि को जीवनरक्षक अभियान
योगदान राष्ट्रको लागि संस्था हाल देशका विभिन्न स्थानमा निशुल्क प्राथमिक उपचार तालिमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको छ। संस्थाले हाल देशका धेरै स्थानमा पालिका–स्तरीय समितिहरू गठन गरिरहेको छ, जसले स्थानीय क्षेत्रमा स्वास्थ्य सम्बन्धी सचेतना तथा जीवनरक्षक प्रशिक्षणहरू सञ्चालन गर्दै आएका छन्।

संस्थाको मुख्य उद्देश्य—
“देशभर निशुल्क प्राथमिक उपचार तालिम संचालन गरी समुदायलाई आकस्मिक अवस्थाहरूमा सक्षम बनाउने” —रहेको छ।
यस अभियानले देशका धेरै क्षेत्रमा सकारात्मक प्रभाव पारेको संस्थाले जनाएको छ।
यसरी रत्ननगरमा सम्पन्न प्राथमिक उपचार तालिमले समुदायमा जीवनरक्षक सीप अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ भने, संस्थाले सुरु गरेको राष्ट्रिय अभियानले देशभर स्वास्थ्य सुरक्षा र जनसहभागितालाई अझै मजबुत बनाउँदै लगेको छ।






प्रतिक्रिया (0)