धादिङ क्षेत्र–२ मा रास्वपाको उत्साह, त्रिपुरासुन्दरी १–२ मा बाक्लो सहभागितासहित भेला सम्पन्न

न्युज सरोवर |त्रिपुरासुन्दरि
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नं. १ र २ मा संयुक्त भेला सफलतापूर्वक सम्पन्न भएको छ। भेलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयको औपचारिक उद्घाटनसमेत गरिएको छ।
उक्त कार्यक्रममा धादिङ क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनाथ श्रेष्ठज्यूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न स्थानीय नेता, युवा, वृद्ध तथा भद्रभलाद्मीहरूको बाक्लो उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
भेलालाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ का युवा नेता हरि पाठकले यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई ऐतिहासिक जित दिलाउन सबै कार्यकर्ता, समर्थक तथा स्थानीय बासिन्दा एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले जनतामा आएको नयाँ राजनीतिक चेतनालाई संगठित गर्दै परिवर्तनको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभयो।
साथै, उहाँले आउँदो मिति १० गते त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा भेलामा सबैको उपस्थितिका लागि विनम्र अनुरोध गर्नुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय तहमा पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी कार्यदिशाबारे चर्चा गर्दै सकारात्मक सन्देश प्रवाह गरेका थिए। भेलाले त्रिपुरासुन्दरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक आधार थप मजबुत बन्दै गएको स्पष्ट संकेत दिएको आयोजकको भनाइ रहेको छ।







प्रतिक्रिया (0)