धादिङ क्षेत्र–२ मा एमालेभित्र आन्तरिक विवाद चर्कियो, पार्टी कार्यालयमा ताला

धादिङ । धादिङ निर्वाचन क्षेत्र–२ मा नेकपा एमालेभित्र आन्तरिक विवाद चर्किएको छ। अन्ततः चन्द्र रिजालले टिकट पाएपछि असन्तुष्ट बनेको धनबहादुर घले समूहले धादिङस्थित एमाले पार्टी कार्यालयमा ताला लगाएको छ।
घले समूहले टिकट वितरण प्रक्रिया अपारदर्शी भएको र आफूहरूको टिकट ‘खोसिएको’ आरोप लगाउँदै पार्टी कार्यालयमा ताला लगाएको हो। उनीहरूले पार्टी नेतृत्वले स्थानीय कार्यकर्ताको भावना र योगदानलाई बेवास्ता गर्दै एकपक्षीय रूपमा टिकट वितरण गरेको दाबी गरेका छन्।
पार्टी कार्यालयमा ताला लगाएपछि एमालेभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ। घटनापछि स्थानीय नेता तथा कार्यकर्ताबीच तनावको अवस्था सिर्जना भएको छ।
यस विषयमा पार्टीको जिल्ला नेतृत्व तथा आधिकारिक धारणा भने आउन बाँकी रहेको छ। धादिङ क्षेत्र–२ मा देखिएको यो घटनाले आगामी राजनीतिक गतिविधि र चुनावी समीकरणमा असर पर्ने आँकलन गरिएको छ।






प्रतिक्रिया (0)