धादिङको रोराङ गाउँपालिका–३ ओब्लोडमा ‘एक घर, एक प्राथमिक उपचार’ तालिम भव्य रूपमा प्रारम्भ
धादिङ — योगदान राष्ट्रको लागि काठमाडौं–७, चाबहिलले सञ्चालन गर्न लागेको ‘एक घर, एक प्राथमिक उपचार’ अभियान अन्तर्गत धादिङ जिल्लाको रोराङ गाउँपालिकामा आजदेखि औपचारिक तालिम प्रारम्भ गरिएको छ। ‘प्राथमिक उपचार हाम्रो सरोकार’ भन्ने नारासहित सुरु गरिएको यो कार्यक्रले स्थानीय स्तरमै स्वास्थ्य सुरक्षाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।
आज मंसिर १ गते, सोमबार बिहान ११ बजे बेनीघाट–रोराङ गाउँपालिका–३ ओब्लोडमा आयोजित विशेष समारोहबाट कार्यक्रमको उद्घाटन गरिएको हो।
कार्यक्रमको प्रमुख आकर्षण योगदान राष्ट्रको लागि का केन्द्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेती रहनुभयो। उहाँले Nepal Red Cross, emergency response र International First Aid protocols अनुसार तयार पारिएको आधुनिक शैलीको तालिम स्थानीय बासिन्दालाई स्वयं प्रदान गर्नुभयो।
कार्यक्रमको उद्देश्य
अभियानको मुख्य लक्ष्य प्रत्येक घरका कम्तिमा एक सदस्यलाई प्राथमिक उपचार सिकाई आकस्मिक अवस्थामा घरमै तत्काल सहयोग पुर्याउन सक्षम बनाउनु हो। सडक दुर्घटना, आगलागी, चिप्लिएर लड्ने, घरायसी चोटपटक, सर्पदंश, मुटु तथा स्वासप्रश्वाससम्बन्धी आकस्मिक अवस्थाहरू यस्तै क्षणहरू हुन्, जहाँ त्वरित प्राथमिक उपचार जीवनरक्षक बन्न सक्छ। यही कारण संस्थाले गाउँ–गाउँमा पुगेर समुदायमै सीप विकास गराउने दीर्घकालीन योजना अघि सारेको हो।
स्थानीय तहको सक्रिय सहयोग
कार्यक्रम बेनीघाट–रोराङ गाउँपालिकाको संरक्षण तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। गाउँपालिकाका प्रतिनिधिहरूले आफ्नो समुदायलाई सक्षम र सुरक्षित बनाउने यस्तो स्वास्थ्यकेन्द्रित जनचेतनामूलक कार्य संस्थाको ठूलो योगदान भएको बताए।
तालिममा समेटिएका मुख्य विषयहरू
उद्घाटनसँगै सुरु भएको तालिममा निम्न विषयहरू समावेश छन्—
-दुर्घटनामा घाइतेलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने तरिका
-रक्तस्राव रोक्ने सीप
-कार्डियो–पल्मोनरी रिससिटेसन (CPR)
-जलन तथा shock management
-घाउ–चोटको प्राथमिक उपचार
-सर्पदंश, food poisoning र allergic reaction को तत्कालीन उपचार
-घरायसी दुर्घटनाबाट बच्ने उपाय
-आपतकालीन अवस्थामा एम्बुलेन्स र स्वास्थ्य संस्थासँग कसरी समन्वय गर्ने
समुदायको उत्साहजनक सहभागिता
कार्यक्रममा स्थानीय युवा, महिला समूह, शिक्षक, समुदायका अगुवाहरू र घर–घरका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको आयोजक समितिले जनाएको छ। समुदायले यस्तो कार्यक्रमले गाउँमा स्वास्थ्य सुरक्षा प्रति ठूलो सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
आगामी योजना
योगदान राष्ट्रको लागि संस्थाले धादिङका अन्य स्थानमा पनि यस अभियानलाई विस्तार गर्ने र आवश्यक तोकिएको घरसंख्या पूर्ण रूपमा कभर नहुँदासम्म तालिम निरन्तर चलाइरहने जनाएको छ। साथै प्रशिक्षित व्यक्तिहरूलाई निरन्तर अनुगमन र Refresher Class मार्फत थप सक्षम बनाइनेछ।
कार्यक्रमका संयोजकहरूले प्राथमिक उपचारलाई प्रत्येक घरको आवश्यक कौशल बनाउन संस्थाले निरन्तर सामाजिक अभियान चलाइरहने पुनः प्रतिबद्धता व्यक्त गरेका छन्।
यससँगै रोराङ गाउँपालिका अधिक सुरक्षित, सचेत र स्वास्थ्य–उन्मुख बन्दै जाने विश्वास व्यक्त गरिएको






प्रतिक्रिया (0)