काठमाडौंमा भोलि बृहत् निःशुल्क स्वास्थ्य, आँखा तथा दन्त परीक्षण शिविर सञ्चालन हुँदै

काठमाडौं ।
योगदान राष्ट्रको लागि काठमाडौं महानगर समिति को आयोजनामा तथा ओम समाज डेन्टल, हिमाल हस्पिटल र किर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा बृहत् निःशुल्क स्वास्थ्य परीक्षण शिविर भोलि सञ्चालन हुने भएको छ।
काठमाडौं महानगरपालिका–२६ अन्तर्गत लैनचौर, हनुमानचोक परिसरमा आयोजना हुने उक्त शिविर मिति २०८२ साल पौष १९ गते ९शनिबार० दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ।
शिविरमा सामान्य स्वास्थ्य परीक्षण, आँखा परीक्षण तथा दन्त ९दाँत० परीक्षण सेवा प्रदान गरिने आयोजकले जानकारी दिएका छन्। सर्वसाधारण नागरिकको स्वास्थ्य अवस्थाको प्रारम्भिक पहिचान, समयमै रोग पहिचान तथा उपचारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
यसैबीच, योगदान राष्ट्रको लागि समिति ले देशका हरेक पालिकामा समिति गठन गर्दै जनतालाई प्राथमिक उपचार ९ँष्चकत ब्ष्म० सम्बन्धी तालिम प्रदान गर्दै आएको बताइएको छ। समितिले स्वास्थ्यसँग सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै समाजमा स्वास्थ्य सचेतना फैलाउँदै आइरहेको छ।
संस्थाका केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेती का अनुसार, योगदानमा जोडिन चाहने महानुभावहरू संस्थाको नियमअनुसार सदस्यता लिएर सहभागी हुन सक्ने व्यवस्था रहेको छ।
उहाँका अनुसार
आजीवन सदस्यता का लागि रु ५,१००,
साधारण सदस्यता का लागि वार्षिक रु २००,
साथै रु १०० अभियानमार्फत पनि संस्थालाई सहयोग गर्न सकिने व्यवस्था रहेको छ।
त्यस्तै, संस्थाले निस्शुल्क प्राथमिक उपचार तालिम पनि सञ्चालन गर्दै आएको जानकारी दिँदै अध्यक्ष उप्रेतीले हरेक हप्ता सोमबार र शुक्रबार बेलुकी ८ बजेदेखि अनलाइन माध्यमबाट दिनको दुई पटक तालिम लिन सकिने व्यवस्था रहेको बताउनुभयो।
आयोजक समितिले सम्पूर्ण महानुभावहरूलाई उक्त स्वास्थ्य शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गराउन तथा संस्थाका जनचेतनामूलक कार्यक्रमहरूमा जोडिन हार्दिक तथा विनम्र अनुरोध गरेको छ।






प्रतिक्रिया (0)