अध्यक्ष नेपाल र गौतमबीच पार्टी एकताबारे छलफल

Naresh Pokharel 117

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच पार्टी एकताबारे छलफल भएको छ।

गौतम निवास भैँसेपाटीमा बिहीबार बेलुकी दुई नेताबीच छलफल भएको एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार छलफल सकारात्मक भएको छ।

गौतमले आफ्नो पार्टीको केन्द्रीय समिति बैठक बोलाएर निर्णयगर्ने बताउनु भएको छ। अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा गौतमको निवास पुगेर छलफल गर्नुभएको हो।

एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्र्याउन संवाद गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *