बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री

Naresh Pokharel 97

बेइजिङ, चीन: प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चारदिने औपचारिक भ्रमणका क्रममा पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट नेपालले आर्थिक लाभ लिन सक्ने बताउनुभएको छ। उहाँले चीनको सहयोगले नेपालमा आधारभूत संरचना निर्माण र पारस्परिक सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

यो भ्रमणको दौरान, प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय भेटघाट गर्नुका साथै विभिन्न परियोजनाहरूमा सहकार्य विस्तारका लागि छलफल पनि गर्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा सरकारी र निजी क्षेत्रका ८७ सदस्य सहभागी छन्, जसले दुई देशबीचको सहयोगलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *