योगदान राष्ट्रको लागि अभियानद्वारा बाल सञ्जाल गठन

Naresh Pokharel 262

काठमाडौं । योगदान राष्ट्रको लागि अभियानले बालबालिकाको सहभागिता र नेतृत्व विकासलाई लक्ष्य गर्दै बाल सञ्जाल गठन गरेको छ। माघ १७ गते शनिबार टोखा नगरपालिका–२ स्थित चण्डेश्वरी मन्दिर परिसरमा आयोजित वनभोज कार्यक्रमको अवसरमा कुशल दंगालको अध्यक्षतामा बाल सञ्जाल गठन गरिएको हो।
गठित सञ्जालको उपाध्यक्षमा आदित्य भट्टराई, सचिवमा सन्तोष राउत तथा कोषाध्यक्षमा दिलिजा रुवाली चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा ङमिता श्रेष्ठ, आयुश चौलागाई, आयुष्मा चौलागाई, रागव तिमल्सिना, गरिमा तिमल्सिना, जोहन चौलागाई, सुमिरा थापा, सुयोग थापा, दिपना जोशी, अनुज खड्का, कृषा थापा, साम्रागी खड्की, स्नेहा दंगाल, सौरभी वराल र सुजिल रुवाली रहनुभएको छ।
कार्यक्रममा योगदान राष्ट्रको लागि अभियानका केन्द्रीय अध्यक्ष ओम उप्रेती, प्रमुख सल्लाहकार श्याम कँडेल, कोषाध्यक्ष दीर्घराज भट्टराई तथा केन्द्रीय सदस्यहरू केशव प्रसाद दंगाल, नमुना पाण्डे, दुर्गा प्रसाद राई, लक्ष्मी बराल, शैलेन्द्र विष्ट, शर्मिला थापा र अन्जना खड्कालगायतले नवगठित बाल सञ्जाललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
सञ्जालका अध्यक्ष कुशल दंगालले धेरैभन्दा धेरै बालबालिकालाई सञ्जालमा आवद्ध गराई सक्रिय सहभागितामार्फत समाजसेवामा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार बाल सञ्जाललाई केन्द्रीय समितिको रूपमा विकास गर्दै आगामी दिनमा विभिन्न पालिकाहरूमा पनि सञ्जाल विस्तार गरिनेछ।
सञ्जालले बालबालिकालाई संगठित गर्दै प्राथमिक उपचारसम्बन्धी जनचेतना अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने योजना समेत अघि सारेको छ।
बाल अधिकार, सहभागिता र सामाजिक उत्तरदायित्वको क्षेत्रमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *