गोल्यान ग्रुप र शहीद परिवारबीच शैक्षिकवृत्ति समझदारीपत्रमा हस्ताक्षर

News Sarobar 159

व्यावसायिक घराना गोल्यान ग्रुप र जेनजी आन्दोलनका शहीद परिवारबीच  ‘शैक्षिकवृत्ति योजना’ सझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गोल्यान ग्रुपले १४ असोजमा घोषणा गरेको शहीद परिवारका लागि शिक्षा तथा स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम कार्यान्वयन गर्ने क्रममा उक्त समझदारी गरेको हो ।

पहिलो चरणमा शुक्रबार ११ बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन र विशेष क्षमता तथा प्रतिभा प्रोत्साहनका लागि खर्च बेहोर्ने सम्झौता भएको छ । ग्रुपका तर्फबाट कम्पनीका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैरे र बालबालिकाका तर्फबाट उनीहरूका अभिभावकले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार ग्रुपले शहीद परिवारका सदस्यले अध्ययन गर्दै आएको, इच्छाएको वा उपयुक्त ठहरिएको शैक्षिक संस्थामा माध्यमिक तह (कक्षा १२) सम्म अध्ययन गर्न आवश्यक छात्रवृत्ति प्रदान गर्ने छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *